७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

तेह्र करोड ७० लाख अमेरिकीहरु अस्वस्थ हावामा बस्छन्



करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ । बिहीबार यहाँ सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । उक्त रिपोर्ट अनुसार यहाँका करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।

अमेरिकी लङ एसोसिएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ । यहाँ खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको सो प्रतिवेदनमा जनाइएको छ । सन् २००० देखि उक्त संस्थाले यहाँको वायुको गुणस्तरीयता मापन गर्ने गर्दै आएको छ ।

पछिल्लो समयमा सो एसोसिएसनले यस्तो खराम वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ३० बजे