बैशाख ३० गते भएको स्थानीय चुनावको ७४१ स्थानको नतिजा सार्वजनिक हुँदा ३२२ मेयर वा अध्यक्षसहित नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ । उपमेयरमा भने कम २९८ स्थानमा जितेको छ । साथै कांग्रेसले प्रमुखमा ४ स्थान र उपप्रमुखमा ३ स्थानमा अग्रता लिइरहेको छ ।
त्यसैगरी २०३ स्थानको प्रमुखमा विजय हाँसिल गरेर एमाले दोस्रो स्थानमा रहेको छ । उपप्रमुखमा भने एमालेले २३३ स्थानमा जित निकालेको छ । एमाले प्रमुखमा २ स्थानमा र उपप्रमुखमा ६ स्थानमा अगाडी रहेको छ ।
माओवादी केन्द्रले यस पटकको चुनावमा पनि तेस्रो स्थान लिएको छ । १२१ स्थानमो प्रमुख र १२६ स्थानमा उपप्रमुख जितेर माओवादी तेस्रो स्थानमा रहेको छ । प्रमुखमा एक स्थानमा माओवादीले अझै अग्रता लिइरहेको छ ।
चौथोंमा प्रमुख र उपप्रमुख दुवै पदमा ३०/३० जना जितेर जनता समाजवादी पार्टी रहेको छ । १/१ स्थामा उसले अग्रता लिइरहेको छ । एमालेबाट फुटेर बनेको माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीले भने प्रमुखमा १९ र उपप्रमुखमा २४ स्थानमा जितेको छ । प्रमुखमा एक स्थानमा एकीकृत समाजवादी अघि रहेको छ । जनता समाजवादी पार्टीबाट फुटेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुखमा १६ स्थान र उपप्रमुखमा १२ स्थानमा जितेको छ ।
अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरुले प्रमुखमा ३० स्थान र उपप्रमुखमा १८ स्थामा जितेको छ ।
यस पटकको चुनावमा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसअघि २०७४ सालको चुनावमा जितेका स्थानहरुमा हारेको छ भने कांग्रेस र माओवादीले चुनावी नतिजा सुधार गरेको छ ।