काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।
संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।
तत्कालिन अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम् अबस्थामा सहभागी गराएर करको दर हेरफेर गरेको र त्यस दिनको सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि संसदी य विशेष छानविन समिति गठन गरिएको हो ।
समितिलाई दिइएको दश दिनको समयमा छानविन नसकिएको भन्दै समय थप गरिएको हो ।









