२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

कुन देशमा कतिबेला छ टीकाको उत्तम साइत ?



आज दशमीको दिन । मान्यजनबाट टिका लगाएर आसिर्वाद लिने दिन । विभिन्न देशमा रहेका नेपालीलाई दसैँको टीका कति बेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरूले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : २९ बजे