सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट पहिलोपटक नेकपा एमालेले जित निकालेको छ । २०७९ को आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई २७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राई निर्वाचित भएका हुन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा खसेको कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मतमै सिमित रहे । सत्ता गठबन्धन दलहरू १५ हजार मतले अगाडि भइरहँदा सहज जितको अनुमान गरेर सातौँ पटक चुनावी मैदानमा उत्रिएका ७० वर्षीय केसीले अप्रत्यासित पराजय बेहोर्नु परेको हो ।
०४८ सालयताका ७ मध्ये ५ वटा चुनावमा बलबहादुर केसीसँगै प्रमुख प्रतिस्पर्धी भएर पराजय बेहोरेको एमालेले २०७९ मा आएर भने सहज जित हात पारेको छ ।