पूर्वराजा ज्ञानेन्द्र शाहले आफु सक्रिय हुने आशय व्यक्त गरेका छन् । उनले मुलुकको अबस्था अधोगति भएको उल्लेख गर्दै आफूहरू मौन रहन नसक्ने बताएका हुन् ।
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उक्त कुरा बताएका हुन् ।
‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं,’ शाहले जारी गरेको सन्देशमा उल्लेख छ।
उनले देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने बताएका छन् ।
पूर्वराजा शाहले जारी गरेको सन्देश: