७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सिक्री लुट्न लाग्दा प्रतिकार गरेपछि निराको हत्या



कपनमा निरा पाण्डेको हत्या सिक्री लुट्दा प्रतिकार गरेपछि भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार शनिबार झापामा पक्राउ परेका एक व्यक्ति हत्या आफुले गरेको स्वीकार गरेका छन् ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा शनिबार झापामा विनोद विश्वकर्मा पक्राउ गरेको थियो । उनलाई काठमाडौं ल्याउदै गरेको बताइएको छ । उनी एक नाइट क्लबमा बाउन्सरको रुपमा कार्यरत रहेको र अहिले काम छाडेको बताइएको छ ।

घट्ना भएको एक सातामा पनि अपराधी पत्ता नलागेपछि दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण बज्राचार्यको नेतृत्वमा समिति बनेको थियो ।

बिश्वकर्मा इन्ड्राइभमार्फत घटनास्थल पुगेर ८ मिनेटभित्रका हत्या गरेर निश्किएको बताइएको छ । प्रहरीका अनुसार उनले सामान किन्ने बाहनामा पसल पुगेर सिक्री लुट्न लाग्दा प्रतिकार गरेपछि चक्कु हानेर हत्या गरेको बताएका छन् । साथै निरा घाइते भएपछि लुटेर लगेको सिक्री काठमाडौंकै पसलमा बेचेको उल्लेख गरेका छन् । निराको शरीरका करिव २० ठाउँमा चक्कु हानिएको थियो।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ४२ बजे