२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस



त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रा. डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो।

सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको हो।

चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुन् भने, केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति र टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : ३६ बजे