३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

बैंकरहरुलाई थप ५ दिन म्याद थुनामै राखेर अनुसन्धान गर्न अनुमति



पक्राउ परेका बैकरहरुलाई छाडिने भन्ने समाचारहरु आइरहेका बेला उच्च अदालतले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

बैकिंग क्षेत्रले विरोध गरेपछि उनीहरुलाई थुनामुक्त गरेर अनुसन्धान गर्न सकिने अड्कालका भरमा सञ्चार माध्यमहरुमा समाचार आएको थियो । तर तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका १० कर्मचारीलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धानको अनुमति दिइएको छ ।

उच्च अदालत पाटनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सीआईबीले पक्राउ परेका १० बैंकरलाई म्याद थपका लागि मंगलबार उच्च अदालत पाटन लगेको थियो।

धितोको अधिक मूल्यांकनमा सहकारीमा कर्जा प्रवाह गरेको खुलेपछि सीईबीले तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतम, अर्को सीईओ मनोज न्यौपाने, कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यसयता बैकिङ् तथा निजी क्षेत्रले पक्राउको विरोध गर्दै आएको छ।

पहिला कुरा सुन्नुपर्ने र त्यसपछि मात्रै थुन्नुपर्ने माग निजी क्षेत्रको छ। उद्योगी व्यवसायीका छाता संगठनहरू, बैंकर्सको छाता संस्था लगायतले निजी क्षेत्र तथा बैंकरहरूको पक्राउको विरोध गरिरहेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ३३ बजे