२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुङ्गियो, संसद अवरुद्ध हुनसक्ने कांग्रेसको चेतावनी



प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी बारे संसदीइ छानविन हुनु पर्ने अडान राखेपछि सभामुख देवराज घिमिरे बोलाएको चार ठूला दलका शीर्ष नेताहरूसँग छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

संसद्‍मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए ।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी स‌ंलग्नता सम्बन्धमा छानबिन समिति माग गरेको विषयमा छलफल गरिरहेको छ । बैठक पछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको बताएका छन् ।

उनले अहिलेसम्म संसद्लाई अवरुद्ध नगरेपनि सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भइरह्यो, संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्‍मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र कांग्रेस प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला बैठकमा सहभागी थिए भने रास्वपाबाट गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । त्यस्तै माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र प्रमुख सचेतक हितराज पाण्डे बैठकमा उपस्थित थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : १८ बजे