प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुका अबरोधकाबीच सभामुख देवराज घिमिरेले संस दको बैठक सुचारु गर्न खोजेपछि सांसदहरुबीच धकेलाधकेलको अबस्था सृजना भएको छ ।
सहकारी घोटलाबारे संसदीय छानविन सिमितको माग गरेर बेल घेराउ गरिरहेका प्रतिपक्षी सांसदहरुको नारावाजीकाबीच सभामुख घिमिरेले बैठकलाई अघी बढाएका थिए । उनले सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाएका थिए ।
त्यसबेलासम्म कांग्रेस सांसदहरुको नारावाजी चलिरहेकै थियो । त्यसपछि सभामुख घिमिरेले सहकारी ठगीको आरोप लगाइएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।
कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेका थिए । उनीहरुले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका छन् । सहकारी ठगलाई कार्बाही गर्न भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए ।
त्यही बेला लामिछानेलाई बोल्न दिइए पछि रोस्ट्रमा जान कांग्रेस सांसदहरुले रोकेका थिए । त्यसपछि एमाले सांसदहरू पनि सिटबाट उठेर बाटो खुलाउन अघि सरे । एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै बाटो खुलाउन अघि सरेका थिए । कांग्रेस उपसभापति धनराज गुरुगले नारावाजी गरिरहेको स्थामा पुगेर उनले केही भनेकाे देखिन्छ भने धनराजले थप चर्को नारा लगाएको दृष्य देखिन्छ । त्यही बेला एमाले सांसदहरुले धनराजलाई त्यहाँबाट धकेलेका थिए । लगतै कांग्रेस सांसदहरु पनि त्यहाँ पुगेर धकेलाधकेलमा सामेल भएका थिए । त्यसपछि सभामुख घिमिरेले शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए ।
त्यसपछि एमाले काग्रेस र रास्वपाले एक अर्कालाई दोष लगाएका छन् । काँग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर सभामुखले सत्तारुढ दलको नेताको आदेशमा चल्दा अप्रत्याशित अबस्था सृजना भएको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीलाई कांग्रेस सांसदहरुलाई आफ्नो दलको कार्यकर्ता जस्तो व्यवहार नगर्न पनि चेतावनी दिएका छन् ।
त्यसैगरी एमाले सचेतक महेश बर्तौलाले संसदमा ओलीमाथी अपमान भएको बताएका छन् भने माओवादी सांसदहरुले कांग्रेसले माफी माग्नु पर्ने बताएका छन् । रास्वपाका सांसद मनिष झाले कुनै हालतमा पनि संसदीइ छानविन समिति नबन्ने बताएका छन् ।