नेपाल पत्रकार महासंघमा सत्तारुढ दलहरु एकाले र कांग्रसको भातृ संगठनहरु प्रेस चौतारी र प्रेस युनियनको स्इुक्त प्यानलकी उम्मेदवार निर्मला शर्मा अध्यक्षमा निर्वाचित भएकी छन् । उनी महासंघको इतिहासमा पहिलो पटक निर्वाचितच महिला अध्यक्ष हुन् ।
शुक्रबार राती घोषणा गरिएको अन्तिम् मतगणना अनुसार अध्यक्षमा शर्मा ४ हजार २८२ मत पाएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत पाए । विष्टले माओवादीको प्रेस सेन्टर, यूनियनकै असन्तुष्ट पक्ष, नेकपा समाजवादीको समाजवादी प्रेस संगठनलगायतको संस्थाहरुको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएका थिए ।
महासंघको कोषाध्यक्षबाहेक सबै पदाधिकारी चौतारी र युनियनकै प्यानबाट निर्वाचित भएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा ४ हजार २३० मत पाएर दीपक आचार्य निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत पाए । त्यस्तै उपाध्यक्ष (महिला) मा ४ हजार ७०५ मत पाएर नितु पण्डित निर्वाचित भइन् भने उनकी निकटम प्रतिद्वन्द्वी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष (समावेशी) मा उमिद बागचन्द ४ हजार २९२ मत पाएर विजयी भए भने उनका निकटतम प्रतद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत पाए । त्यस्तै महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत पाएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत पाए ।
खुला सचिवमा रमेश खतिवडा ३ हजार ४०० मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी उत्तरसिंह विष्टका पक्षमा २ हजार ६७ मत पाए । त्यस्तै सचिव (महिला) मा सोनी शर्मा ४ हजार ३४७ मत पाएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी सरिता बराइलीले २ हजार ८२३ मत पाइन् ।
सचिव (आदिवासी जनजाति) मा सविन प्रियासन३ हजार ५३५ मत पाएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी भिसन राईले २ हजार ४५७ मत पाए । त्यस्तै यस्तै सचिव (मधेसी) अशोककुमार तिवारी ३ हजार ८५८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रीजन झाका पक्षमा २ हजार २४३ मत पाएको छ ।
सचिव (दलित) बाट प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी वसन्त विकले १ हजार ८ सय ९२ मत पाए । त्यस्तै सचिव (एसोसिएट) मा वैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत पाएर जित हात पारेका छन् भने निकटतम प्रतिद्वन्द्वी विकास कार्कीले २ हजार ७३५ मत पाए ।
कोषाध्यक्षमा शर्मा प्यानल भन्दा बाहिरको रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । उनले ३ हजार ८४७ मत पाउँदा प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६४ मत पाए ।















