१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

नेपालको निर्यात बढ्यो, ८ महिनामा डेढ खर्बको बस्तु तथा सेवा निर्यात



पहिलो पटक चालू आर्थिक वर्षको आठ महिनामा नेपालको निर्यात बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा डेढ खर्ब बढीको निर्यात भएको हो ।

भन्सार विभागले निकालेको पछिल्लो तथ्यांकअनुसार नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँबराबरको बस्तु तथा सेवा निर्यात भएको छ । तुलनात्मक रुपमा अघिल्लो वर्षको सोही अवधिभन्दा यो ५७.२० प्रतिशत वृद्धि हो ।

साउनदेखि फागुनसम्मको अवधिमा नेपालको आयात व्यापारमा पनि सुधार देखिएको छ । ८ महिनामा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँबराबरको आयात गरेको हो । जुन अघिल्लो वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजारको मात्र भएको थियो । आयातमा मात्रै नेपालले ११.२० प्रतिशतले सुधार गरेको देखिएको छ ।

तथ्यांकअनुसार नेपालको कुल ८ महिने वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढेको छ। यो भनेको १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबर हो। अघिल्लो वर्ष सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँको कुल व्यापार भएको थियो ।

यो अवधिमा नेपालको व्यापारघाटा ६.२२ प्रतिशतले बढेको छ । ८ महिनामा व्यापारघाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ थियो ।

विभागका अनुसार अघिल्लो वर्ष र यस वर्षको ८ महिनामा कुल व्यापारमा आयातको हिस्सा ३.५५ प्रतिशतले ऋणात्मक हुँदा निर्यातको हिस्सा ३६.३५ प्रतिशतले धनात्मक छ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ४ : २५ बजे