काठमाडौँको तीनकुनेस्थित एक भवनमा राजावादीहरूले लगाएको आगोमा परी एक जना पत्रकारको ज्यान गएको छ । भवनको छतमा चढेर दृश्य खिचिरहेका एभेन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको हो ।
प्रहरीसँग झडप भएपछि उक्त घरमा राजावादी प्रदर्शनकारीहले तोडफोड गर्नुका साथै आगो लगाएका थिए । साथै राजावादीहरूले वरपरका अन्य घरहरुमा समेत तोडफोड र आगजनी गरेका थिए ।
एभिन्युज टेलिभिजन स्रोतले रजक रिपोर्टिङको क्रममा त्यहाँ गएको र जलेको घरमा शव भेटिएको जनाएको छ ।








