२ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025

एनआरएनए विभाजित र विवादीत




पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुको साझा भनिएको सस्था एनआरएनए अहिले पुरै विभाजित र विवादीत बनेको छ । केन्द्रदेखिनै विभाजित एनआरएनका हरेक विदेश शाखाहरु पुरै विभाजित भइसकेको छन । कुमार पन्त नेतृत्वको कार्यकालमा विवादीत एनआरएनए आइसिसिमा ३ जना अध्यक्ष हुदै विभाजित एनआरएन अहिले दुई चिरामा विभाजित भइसकेको छ । यो दुबै समुहलाई नेपालका विभिन्न राजनितिक दलहरुले साथ दिइरहेका छन ।

केही समय अघि शेष घले समुहले काठमाडौमा महेश श्रेष्ठको नेतृत्वमा नया कार्यसमिति चयन गरिदिए लगतै रुष्ट भएका बद्रीकेसी समुहले हालै कतिपय विदेश शाखाहरुमा आफुखुसीले समुह बनाएर निर्विरोध घोषणा गरिसकेका छन । श्रेष्ठ समुहले निर्वाचन मार्फत कार्यसमिति चयनको लागी प्रक्रियामा लागेका छन । यसको प्रभाव अमेरिकामा पनि परेको छ । अमेरिकामा पनि केशी समुहले निर्वाचनै नगरि आफुखुसी कार्यसमिति चयन गरिसकेका छन भने श्रेष्ठ समुहले निर्वाचन मार्फत एनसिसि गठनको तयारीमा लागेका छन ।

एनआरएन अमेरिकाको अध्यक्षमा यतिखेर रामहरि अधिकारी , सत्यन्द्र शाह र भानु खरेलले आआफनै प्यानल बनाएर निर्वाचनमा प्रतिष्प्रर्धा गर्न तयारी गरिरहेका छन । एनआरएनए अमेरिकाको निर्वाचन आगामी अगष्टको १६ र १७ मा हुने भएको छ । हालै अध्यक्षमा उम्मेद्धवरी दिएका अधिकारी एनआरएनमा अमेरिकाका महासचिव हुन ।

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार  १ : २० बजे