११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण गर्न सरकारको निर्देशन



सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यसहित सामाजिक सञ्जालको प्रयोग निर्देशिका, २०८० र सर्वोच्च अदालतको आदेश अनुसार यस्तो निर्णय गरेको हो ।

निर्णयअनुसार सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सामाजिक सञ्जाल कम्पनीलाई आह्वान गरिएको छ । तोकिएको समयमा सूचीकरण नगर्ने वा मन्त्रालयसँग सम्पर्क नगर्ने सामाजिक सञ्जाललाई नेपालभित्र प्रयोग गर्न रोक लगाइने पनि बैठकले स्पष्ट पारेको छ ।

सरकारले सूचीकरण भएको खण्डमा सो प्रतिबन्ध हटाइने बताएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : ३९ बजे