१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

‘हामी नेपाल’का सुदन गुरुङलाई अज्ञात ब्यक्तिले पछ्याए



नागरिक समाज समूह “हामी नेपाल”का संयोजक सुदन गुरुङले आफूलाई नचिनेका मान्छेहरूले पछ्याएरको बताएका छन् । गुरुङले रानीबारीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म करिब एक घण्टासम्म गाडी र मोटरसाइकलबाट पछ्याइएको बताएका छन् ।

उनले सञ्चार माध्यमहरुमा दिएको जानकारी अनुसार उनी र उनका साथीहरू रानीबारीबाट बानेश्वरतर्फ एउटा बैठकका लागि जाँदै गरेको बेला लाजिम्पाट नजिकै पुगेपछि नै कोहीले उनीहरूलाई फलो गर्न थालेको थाहा भएको बताएका छन् ।

“सुरुमा निलो २२० वाला पल्सर मोटरसाइकलले हाम्रो गाडीलाई फलो गर्न थाल्यो। हाम्रो गाडीमा सुरक्षा राखेका थियौं, तीनले पनि देखे । जहाँ हामी मोड्यौं, जहाँ रोकेँ त्यहीँ नजिकै उनीहरू रोकिएर हामीलाई निगरानी गरिरहे” उनले भनेका छन् ।

गुरुङले बताएअनुसार, फलो भइराखेपछि सुरक्षा कर्मचारीले “हामीलाई कसैले फलो गरिरहेको छ, रोकिनुस्” भनेका थिए । शान्तिनगरको पेट्रोलपम्प नजिक आफ्नो गाडी रोक्दा पनि ती बाइकसहित अर्को कोरियन कलरको सवारीले त्यहीँ साइट लगाएर रोकिए । हामी अघि बढे पछि उनीहरू पनि अघि बढ्यो ।

गुरुङले त्यो बेला डराएको र आवश्यक परेमा सुरक्षा सञ्चालनमा अगामी निर्णय हुनुपर्ने आग्रह पनि गरेका छन् । उनका शब्दमा, “मैले केटाहरूलाई गोली बोकेको भए मलाई हान्छन् भनेर नरोकिन भनेँ, यिनीहरूले तिमीहरूलाई टेर्दैनन्, मलाई बचाऊ है सकेसम्म, देश बचाउन पनि मलाई बचाऊ भनेर भनेँ ।”

उनले बताएअनुसार बाइकको पछाडिमा बस्ने व्यक्तिसँग ठूलो झोला रहेको थियो र पछ्याउने गाडी–बाइकले बानेश्वरदेखि सिनामंगल हुँदै विमानस्थलसम्म निरन्तर रूपमा उनीहरूलाई पछ्याउँदै आएको थियो । अन्ततः करिब एक घण्टापछि उनीहरू विमानस्थलस्थित नेपाली सेनाको शरणमा पुगे र त्यहाँ सुरक्षा मिलाएर सुरक्षित भए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ४३ बजे