१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पत्रकार जयदेव गौतमको सहयोगको लागी नेजाद्धारा आग्रह


Ang

८ माघ २०७५, मंगलबार  

0
Shares

नेपालमा लामो समय पत्रकारिता क्षेत्रमा लागेका बरिष्ठ पत्रकार जयदेव गौतमको उपाचार सहयोगर्था नेपाल अमेरिका पत्रकार संघ नेजाले गोफन्ड मार्फत आर्थिक संकलन अभियान शुरु गरेको छ । नेपालमा कान्तिपुर लगायत विभिन्न मिडियाहरुमा पत्रकारिता गदै आएका गौतम नेजाका सस्थापक सदस्य हुन ।  नेपाल पत्रकार महासंघको पुर्व केन्दीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चको पुर्व उपाध्यक्ष, नेपाल वातावरण पत्रकार समूहको समेत पुर्व सदस्य पत्रकार गौतमको कम्मर भन्द तलतिरको भाग नचल्ने अवस्थामा भर्जिनियामा श्रीमतिका साथ उपाचार गरिरहेका छन ।

पत्रकार गौतमले नेपालमा युगसम्बाद साप्ताहिकमा सहायक सम्पादक, कान्तिपुर दैनिकमा सहायक वरिष्ठ उपसम्पादक, चित्रण साप्ताहिक, सत्य साप्ताहिक, सौर्य दैनिक लगायतमा काम गरिसकेका छन ।

उचारक्रममा रहेका पत्रकार गौतमलाई नेजाका अध्यक्ष सुदिप पन्तको टोलिले हालै उनकै निवासमा भेटघाट गरि नेजाले ५ सय १ डलर गोफन्डमा राखेर एकाउन्ट खोलि आर्थिक संकलन अभियानमा जुटेको छन । उनी तीन महिना अस्पतालको उपाचारपछि गत महिना डिस्चार्ज भई नियमित उपाचारको क्रममा रहेका छन । भर्जिनियाको मनाससमा श्रीमति र एक छोराका साथमा उपाचार गरिरहेका बरिष्ठ पत्रकार गौतमलाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन नेजाले सवैलाई हार्दिक अनुरोध गर्दछ । नेजाले यस अघि पनि नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा आर्थिक सहयोग गदै आइरहेको छ ।

सहयोगका लागि तलको लिंकमा जान सकिन्छ

https://www.gofundme.com/ddeun9-a-cause-i-care-about-needs-help?

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  १ : ५९ बजे