१० असार २०८३, बुधबार | Wed Jun 24 2026

शेर्पा किदुगको फुटबल उपाधि स्नोलाइनलाई र भलिबलको उपाधि ग्याल्सुम्दालाई


NP

२३ भाद्र २०८१, आइतबार  

278
Shares


युनाइटेड शेर्पा एसोसियसन शेर्पा किदुगले न्युयोर्क र आसपासका खेलाडीहरु वीच विगत झै यस पटक पनि फुटबल, भलिबल र छेलो हान्ने खेलप्रतियोगिता आयोजना गरियो । न्युयोर्कको क्विन्सव्रिज र रयानडल आइल्याण्डमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि स्नोलाइन फुटबल क्लबले जितेका थिए । विजेता स्नोलाइनलाई आयोजक किदुगले नगद पुरस्कार ५ हजार ५ सय ५५ डलर, ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै दितिय हुने एनवाइएनएफसिले ३ हजार ३ सय ३३ नगद पुस्कार, ट्रफी प्रदान गरेका थिए । विभिन्न १० समुह वीच गत हप्ता फुटबल प्रतियोगिता भएको किदुगले जनाएको छ । त्यस्तै खुल्ला भलिबल तर्फ ग्याल्सुम्दा सस्था प्रथम र रिज्युउड नेपाली सोसाइटी दोश्रो भएको थिए । विभिन्न छोक्पाहरु वीच भएको भलिबलमा डोप्क्यो किदुग प्रथम र जिटिकेटि दोश्रो भएका थिए । त्यसैगरि ३५ बर्षमाथिको फुटबल प्रतियोगितामा रसुवा एफसि प्रथम र ग्याल्सुम्दा दितिय भएका थिए । त्यसैगरि छेलो हान्नेमा कर्मा शेर्पा प्रथम र समिर भुसाल दोश्रो भएका थिए ।

फुटबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई न्युयोर्कको उपमहाबाणिज्यदुत संगीता न्यौपानेले टफी वितरण गरेका थिए । त्यस्तै भलिबल र अन्य खेलका विजेताहरुलाई किदुगको ट्रष्टी संयोजक ल्हाक्पारिन्जी शेर्पा, किदुगका अध्यक्ष तेम्बा शेर्पा र उपाध्याक्ष साङबु शेर्पा लगयात बोर्ड सदस्यहरुले पुरस्कार वितरण गरेका थिए । न्युयोर्कमा भव्य रुपमा सबैभन्द ठुलो यो खेल प्रतियोगिता शेर्पा किदुगले विगत लामो समयदेखिन बर्षनी गदै आएको किदुगको उपाध्याक्ष साङबु शेर्पाले बताए । ‘न्युयोर्क र आसपासको नेपाली समुदायमा भावनात्माक सम्बन्ध बडाउने उद्धेस्यले बर्षनी यो खेल प्रतियोगिता आयोजना गदै आएको हो ‘किदुगको उपाध्याक्ष शेर्पाले बताए । उनका अनुसार यसपटको खेल प्रतियोगितामा ६ सय भन्द बढि दर्शकहरु उपस्थित थिए ।कार्यक्रम किदुगका महासचिव साङदोर्जि शेर्पाले सञ्चालन गरेका थिए ।

तस्विर सौजन्य शेर्पा किदुग

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : ३६ बजे