८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मिनबहादुरको जग्गामा तत्काल संरचना नबनाउन एमालेलाई सर्वोच्चको आदेश



सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा एमालेलाई व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

सरकारको प्रधानमन्त्री रहेको दलको अध्यक्षले राज्यसँग विभिन्न अपराधिक मुद्दा लडिरहेको व्यक्तिसँग जग्गा लिंदा सार्वजनिक चासोको विषय हुने भन्दै तत्काल संरचना नबनाउन आदेश दिएको हो ।

राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरूङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरूङकै बचाउ गरिरहेको छ ।

एमालेले किर्तीपुरमा करिब एक अर्ब रुपैयाँको जग्गा एमालेलाई दान दिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास समेत गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ५० बजे