१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

रास्वपाको ‘सद्भाव तथा सहकार्य अभियान’ सुरू गर्ने निर्णय



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले पार्टीले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् । रास्वपाले जेनजी आन्दोलनसँग ऐक्यबद्धता जनाएको तर विध्वंस, लुटपाट र तोडफोड भने आफ्नै राजनीतिक संस्कृति नभएको स्पष्ट पारेको छ ।

त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिन सरकारको चासोलाई स्वागत गर्दै रास्वपाले यसलाई आफ्नै स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डासँग मेल खाने धारणा जनाएको छ ।

रास्वपाको पहिलो महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते आयोजना गर्ने तयारी भए पनि सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेपछि पार्टीले असोज ७ गते केन्द्रीय समितिको बैठक बोलाएर कार्यदिशा सम्बन्धी विस्तारित छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १० : ३९ बजे