४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

नयाँ वर्षमा हास्यकवि शैलेन्द्र सिम्खडाले क्यालिफोर्नियामा हसाउँने


९ पुस २०७४, आइतबार  

0
Shares

काठमाडौं । नजिकै आइरहेको अंग्रेजी नयाँ वर्षको जनवरी १ मा हास्य कवि शैलेन्द्र सिम्खडाले अमेरिकाको क्यालिफोर्नियामा प्रस्तुति दिने भएका छन्।

मदरल्यान्ड नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा सिम्खडालाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ।

मदरल्यान्डको निम्तोमा अाफू प्रस्तुति दिन क्यालिफोर्निया पुग्ने हास्य कवि सिम्खडाले जानकारी दिए।

‘नेपाली साहित्य र हास्य कलामा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै विशेष सम्मान गर्न लागिएको हो,’ मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले भने।

कार्यक्रममा अमेरिकामा रहेका नेपाली साहित्य सर्जकले समेत अाफ्नो प्रस्तुति दिने पाण्डेल जानकारी दिए।

प्रकाशित मिति : ९ पुस २०७४, आइतबार  १० : ४२ बजे