८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अमेरिकामा शेर्पा संघ गठन


Ang

१ श्रावण २०७४, आइतबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क— अमेरिकामा शेर्पा संघ स्थापनाका लागी न्युयोर्कमा ऐतिहासिक वृहत शेर्पा भेला सम्पन्न भयो । नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष पेमछिरि शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले करिब एक दर्जन विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरि शेर्पा संघ अमेरिका तर्दथ समिति गठन गरियो । भेलामा उपस्थित विभिन्न जिल्लाका प्रतिनिधिहरुले न्युयोर्कमा दुई दशक अघि स्थापित शेर्पा समुदायको आस्थाको धरोहर शेर्पा किदुगलाई सहयोग गदै आगामी दिनमा शेर्पा समाजमा राजनितिक चेतना जगाई भावी पुस्तालाई मुलधारको राजनितिमा समाहीत गराउनका लागी संघको आवश्यक्ता महसुस भएर स्थापना गरेको बताएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि पेमछिरि शेर्पाले अमेरिकामा शेर्पा संघ गठन भएकोमा खुसी व्यक्त गदै प्रवासमा शेर्पा जातीको भाषा संरक्षण गदै शेर्पा जातीको हकहितको लागी अघि बडन शेर्पा संघ अमेरिकालाई शुभकामना दिएका थिए । ‘ समयको माग अनुसार अमेरिकामा शेर्पा संघ खोल्नु आफैमा महत्वपुर्ण भएकोले यसको महत्व कति छ भनेर पछि मात्र थाहा हुन्छ ’ शेर्पा संघ नेपालको निवर्तमान अध्यक्ष पेमछिरिले भने —‘ अमेरिकामा गठन भएको शेर्पा संघले धार्मिक सस्थाको रुपमा परिचित शेर्पा किदुगलाई सहयोग गदै समाजमा राजनितिक चेतना अविवृद्धि गरि भावी पुस्तालाई अमेरिकी मुलधारको राजनितिमा अघि बडाउनुपर्ने जिम्मेवारी आइपरेको छ ’ । उनले बताए ।

‘ हामीले आउने पुस्तालाई सोचेरनै अमेरिकामा शेर्पा संघ सस्था स्थापना गर्न लागेको हो ’ शेर्पा किदुगको पुर्व सचिव तथा शेर्पा संघका संयोजक निमा शेर्पाले भने‘ न्युयोर्कमा हाम्रो शेर्पा किदुगले गदै आइरहेको कार्यहरुलाई साथ दिदै राजनितिक सचेतना जगाउन र नेपालको थातथलोलाई सम्झेर नेपालको शेर्पा संघसग मिलेर काम गर्नका लागी शेर्पा संघ स्थापना गर्न लागेको हो ’ उनले बताए । कार्यक्रममा शेर्पा किदुगको निर्वतमान अध्यक्ष दावा जाङबु शेर्पा, निवर्तमान महासचिव आङ जाङबु शेर्पा, निवर्तमान प्रबक्ता ल्हाक्पा तेन्जी शेर्पा, पुर्व सचिव तथा गायक गाम्बु शेर्पा, कलाकार फारादेण्डी शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, जनसम्पर्क समितिका पुर्व उपध्याक्ष मिङमार शेर्पा, टाक्सिन्दु गाविसाका पुर्व अध्यक्ष आङकाजी शेर्पा, झरना फाउण्डेसनकी सस्थापक झरना शेर्पा, ल्हाक्पा देण्डी शेर्पा, फुर्वा शेर्पाले शेर्पा संघको महत्वको बारेमा मन्तव्य राखेका थिए । न्युयोर्कको स्थानीय हिमालय याक रेष्टुरेन्टमा भएको कार्यक्रममा तत्कालको लागी १५ सदस्यीय शेर्पा संघ तद्धर्थ समिति गठन गरेको छ ।

११ जिल्लाको प्रतिनिधिहरु सम्मिलित समितिमा निम्न व्यक्तिहरु रहेका छन ।

संयोजक-ङिमा शेर्पा सिन्धुपाल्चोक
उपसंयोजक-आङ फुरि शेर्पा सोलुखुम्बु
सदस्य सचिव-ल्हाक्पा देण्डी शेर्पा भोजपुर
सदस्यहरु-पासाङ शेर्पा सोलुखुम्बु
मिङमार शेर्पा खोटाङ
निमा गेल्जेन शेर्पा रामेछाप
झरना शेर्पा सोलुखुम्बु
अनुपा शेर्पा ताप्लेजुङ
गेल्बु शेर्पा ओखलढुङग
पासाङ निमा शेर्पा संखुवासभा
छिरिङ लमु शेर्पा इलाम
आङछिरिङ शेर्पा दोलखा
भयो शेर्पा सिन्धुपाल्चोक
फुर्वा शेर्पा सोलुखुम्बु
साङमु शेर्पा संखुवासभा
गठित समितिलाई शेर्पा संघका अध्यक्ष पेमछिरि शेर्पाले ३ देखि ६ महिनाभित्र विधान बनाई अधिबेसन गर्नका लागी सुझाव समेत दिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार  ८ : २० बजे