११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

शेष घलेको पत्रले एनआरएन अमेरिकाको विवाद साम्य, निर्वाचन सुचारु हुने संकेत


११ श्रावण २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

एनआरएन आइसिसिको महासचिव बद्री केसीले एनआरएन अमेरिकाको निर्वाचन समितिलाई पत्र पठाएको तीन दिनपछि आइसिसि अध्यक्ष शेष घलेले मंगलबार अर्को पत्र पठाएका हुन् । एनआरएन अध्यक्ष घलेद्वारा जारी पत्रले अमेरिकाको विवाद एक हदसम्म साम्य भएको छ । एनआरएन अमेरिकाको निर्वाचन समितिले अध्यक्षको उम्मेदवार गौरी जोशीको नाम नराखेपछि जोशीको उम्मेदवारीलाई लिएर महासचिव केसीले निर्वाचन कमिटिलाई गत शनिबार पत्र लेखेका थिए । उनले पत्र लेखेपछि एनआरएन अमेरिकाका संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले आफुहरुलाई थाहै नदिई केसीले निर्वाचन कमिटिलाई एकलौटी ढंगले पत्र लेखेको भनी विरोध गदै केन्द्रलाई लिखित जानकारी दिएका थिए । त्यसैको आधारमा अध्यक्ष घलेले पठाएको पत्रअनुसार एनआरएन अमेरिकाको विवाद एक तहसम्म साम्य भएको देखिन्छ । उक्त पत्र अनुसार अब निर्वाचन कमिटिले निर्वाचन प्रक्रिया सुचारु गर्ने भएको छ ।

अध्यक्ष घलेले जारी गरेको पत्रमा यसअघि महासचिव केसीद्वारा प्रेसित पत्र केन्द्रमा महासचिवले एनआरएनको कुनै तहमा पनि सल्लाह नगरी पत्राचार गरेर अमेरिकाको निर्वाचन कमिटिलाई हस्ताक्षेप गरेको औल्याएको छ । घलेको पत्रअनुसार अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले अब कुनै पनि विवाद नभएको भन्दै अध्यक्षको पत्र अनुसार निर्वाचन प्रक्रिया अगाडी बढ्ने बताए ।

पत्रमा सबै काम पद्धतीअनुसार हुने पर्ने उल्लेख गर्दै आइसीसीमा विना जानकारी महासचिवलाई पत्र लेख्ने अधिकार नभएको उनको पत्रमा उल्लेख छ । त्यसैगरी अमेरिका क्षेत्रका उपसंयोजक एसी शेर्पाले महासचिवले अमेरिका क्षेत्रमा हस्ताक्षेप गरी विवाद ल्याउन खोजेकोले अध्यक्षको पत्रले अमेरिकाबासी एनआरएनलाई न्याय मिलेको भन्दै अब निर्वाचन सुचारु हुने बताए । पत्रमा आइसिसिको विधान र एनसिसिको दुबै विधानलाई आधार मानेर निर्वाचन प्रक्रियालाई अगाडी बडाउन पनि अध्यक्ष घलेले समितिलाई सुझाव दिएको छ ।

एनआरएन अमेरिकाको अगस्ट ११ र १२ मा तय भएको निर्वाचनमा मुख्यतय अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले आफनो नाम उम्मेदवारको सुचीमा नभएपछि केन्द्रलाई गुहारेपछि अमेरिकी एनआरएन विवादमा तानेको हो । आइसीसीको विधानले कुनै पनि एनसीसीको अध्यक्ष हुनका लागि कम्तिमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने व्यवस्था रहेको छ । निर्वाचन समितिले आइसीसीको विधानको उक्त बाध्यकारी व्यवस्थालाई आधार मानेर जोशी अध्यक्ष पदका लागि उमेदवार हुन योग्य नदेखिएको भन्दै अध्यक्ष पदका प्रत्यासीहरुको सुचीमा उनको नाम सार्वजनिक गरेको छैन ।

विश्वको विभिन्न मुलुकहरुमा अमेरिका क्षेत्रमा सबै भन्दा बढी सदस्यहरु रहेको मुलुक भएकोले पनि आइसिसिबाट यस्तो हस्तक्षेप केन्द्रीय प्रतिनिधिहरु बताउछन । महासचिव डाक्टर केसीको पत्र प्रक्रिया भन्दा बाहिरबाट र क्षेत्राअधिकार मिच्ने गरि आएको भन्दै उत्तर अमेरिकाका क्षेत्रिय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पाले आपत्ती प्रकट गर्दै आइसीसीमा उजुरी गरेका थिए । आइसीसी विधानको आफु अनुकुल व्याख्या सहीत आइसिसि पदाधिकारीहरुनै सक्रिय हुन थालेपछि अन्तत अध्यक्ष घले आफै अगाडी सरेका हुन् ।

अध्यक्ष घलेको पत्रमा महासचिवको पत्र पूर्ण रुपमा गलत र प्रक्रिया विपरित भएको भनिएको छ । पत्रमा उनले भनेका छन्् ‘उत्तर अमेरिकी क्षेत्रिय संयोजक र सह संयोजकको अधिकार मिच्दै केन्द्रिय महासचिवले निर्वाचनको विषयलाई यसरी सोझै पत्र लेख्न पाइदैन ।’ घलेको पत्रमा अगाडि भनिएको छ, ‘क्षेत्रिय संयोजक र सह संयोजकको उजुरीको आधारमा यो पत्र लेखिएको हो ।’
घलेको पत्रको अन्तिम अनुच्छेदमा भनिएको छ ‘महासचिवको सो पत्र आइसिसिको आधिकारीक नभएकाले स्वीर्कानु मिल्दैन, सत्य के हो भने महासचिवको पत्रलाई आइसीसीको अध्यक्ष, कार्य समिति, सदस्य, आइसीसी परिषद् कसैले स्वीकृत दिएको छैन । महासचिव केसीको पत्रलाई अमेरिकाको निर्वाचन समितिले त्यसलाई मान्नुपर्ने आधार छैन । अध्यक्ष घलेले महासचिवले पत्र पठाउने प्रक्रिया नै गलल भएको ठहर गरेका छन् । उनले भनेका छन्, ‘सामान्यतय राष्ट्रिय समन्वय परिषद्मा जाने यस्ता पत्रहरु क्षेत्रिय संयोजकबाट जानु पर्ने हुदा हुदै, महासचिवले अमेरिकाको निर्वाचन समितिलाई सोझै पत्र लेख्नु गलत हो ।’

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार  ९ : ५२ बजे