न्युयोर्क । संयुक्त राष्ट्र संघको आदिवासी जनजातिको सवाल सम्बन्धमा भएको स्थायी मञ्चको १७ औं सभामा नेपालको आदिवासी जनजातिको मुद्दाको बारेमा प्रस्तुतिकरण गरिएको छ । १७ औं सभा अन्तर्गत भएको विभिन्न सेसनमा नेपालको आदिवासीे जनजातिको बिषयमा विभिन्न वक्ताहरुले आदिवासीको सवालमा कुरा उठाएका हुन् ।
महिलाको क्षेत्रमा काम गर्दै आएको संस्था आदिवासी महिला मञ्चका उपाध्यक्ष यशोकान्ति भट्टचनले आदिवासी महिलाको भूमि अधिकार, क्षेत्र र श्रोतमा महिलाको समान पहुच हुनुपर्ने कुरा उठाएकी थिएन । लामो समय आदिवासी महिलाको क्षेत्रमा काम गर्दै आएकी भट्टचनले पछिल्लो समय बिकासको नाममा भएको निर्माणको कामले जनजातिहरु विस्थापित भएको भन्दै जनजातिको अधिकार सुरक्षाको लागि राष्ट्र संघको ध्यानाकर्षण गराएकी छन् ।
यसैबीच, मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले राज्यको तर्फबाट मानव आधिकारको अवस्थाका बारेमा जानकारी गराउदै, विकास निर्माणको नाममा भएको बाटो बिस्तार लगायतका कामले जनजातिहरु विस्थापित भएको जानकारी गराईन् ।
जनजातिहरुको अधिकार रक्षाको लागि आयोगले राजनीतिक संयन्त्र बनाएर उनीहरुको माग सम्बोधन गरिने जानकारी दिइन ।
यसैबीच, सरकारको तर्फबाट, संयुक्त राष्टूसंघका लागि नेपालको स्थायी नियोगका द्धितिय सचिव यज्ञराज पौडेलले मानव अधिकार र आदिवासी जनजातिको सवाललाई सम्बोधन गरेर मात्रै दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताए ।
त्यस्तै, पत्रकार मच्छे गुरुङले मातृभाषामा पढ्न नपाएका कारण जनजातिहरु शिक्षाको अधिकारबाट वञ्चित भएको भन्दै, जनजातिका लागि मातृभाषा शिक्षा लागु गराउनका लागि राष्ट्र संघको ध्यानाकर्षण गराएकी छन् । सबै नागरिक शिक्षाबाट वञ्चित हुने छैन भनेर शिक्षाको अधिकार संविधानमा ग्यारेन्टी गरे पनि त्यो लागु नभएको भन्दै उनले मानव अधिकार आयोग र राष्टू संघको भूमिकाको बारेमा प्रश्न राखेकी थिइन् । यसैबीच, गुरुङले विकासको नाममा भएको निर्माणका कामले आदिवासी जनजातिहरु विस्थापित भएको भन्दै, उनीहरुको सवाललाई राज्यले सम्बोधन गर्न मानव अधिकार आयोग समक्ष माग गरेकी छन् । सभामा पत्रकार देव सुनुवारले पनि जनजातिको सवालको सम्बन्धमा प्रकृयागत रुपमा भएको विभेदको बारेमा मिडियाले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए । सभामा विभिन् मुलुकका राष्टू प्रमुख, मन्त्री, आदिवासी अधिकारकर्मी, पत्रकार लगायतका सहभागी थिए ।
राष्ट्रसंघको सभामा भाग लिन आएका अधिकारकर्मिहरु र स्थायी मञ्चका सदस्यहरु वीच आदिवासी जनजाति महिला महासंघ अमेरिकाका सदस्यहरुसग छलफल कार्यक्रम सम्पन्न भयो । उनीहरु वीच मुलुकमा आदिवासीको सवाललाई कसरी मुलधारमा ल्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । राष्ट्रसंघको स्थायी मञ्चका सदस्य फूलमान चौधरीले आदिवासी महिलाहरुको शशक्तिकरणका स्थायी मञ्चले के कस्ता सहयोग गर्न सकिन्छ त्यस बिषयमा आफुले सक्ने सहयोग गर्ने बताए । छलफलमा राष्ट्रसंघ स्थायी मञ्चका सदस्य फूलमान चौधरी, राष्टिूय आदिवासी महिला मञ्चका उपाध्यक्ष यशोकान्ति भट्टचन, राष्टिूय आदिवासी महिला महासंघका कार्यक्रम संयोजक कमला थापा, लगायत महिला महासंघका अध्यक्ष संगिनी राना, पुर्व डिआइजि पार्वती थापा ,उपाध्यक्ष इन्दिरा चोङवाङ, सचिव बन्दना राई, लगायत कार्यसमिति सदस्यहरु सहभागी थिए ।