एभरेस्ट टाइम्स/न्युयोर्क
अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेस्ट टाइम्स १० बर्ष पुरा भई ११ औ बर्षमा प्रबेश गरेको अवसर पारेर न्युयोकमा पत्रिकाको दशौ बर्षिकोत्सव कार्यक्रम मनाइएको छ ।
न्यूयोर्कको क्विन्सस्थित बेलेजिनो हलमा भएको कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलको तर्फबाट काउन्सील मेम्बर कोस्टा कोन्टानटिनिदेसले एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पालाई विशेष सम्मान गरे । ‘विगत १० वर्षदेखि अमेरिकी नेपाली समुदायमा एभरेस्ट टाइम्स पत्रिका मार्फत प्रधानसम्पादक शेर्पाले गरेको योगदानको कदर गदै न्युयोर्क सिटिबाट यो सम्मान गरेको हो,’ काउन्सिल म्यान कोस्टाले भने, ‘अमेरिकामा नेपाली समुदायको सेवासँगै एक दशकदेखि एभरेस्ट टाइम्सले समुदायमा पुर्याएको सेवाप्रति हामी निकै खुसी भएका छौं ।’
उनले अमेरिकी भूमिमा समुदायको सेवाको भावनासँगै एक दशकको यात्रा पार गरेको एभरेस्ट टाइम्सले सयौ बर्ष भन्द बढी यात्रा गर्न सकोस भन्ने शुभकामना दिएका थिए । काउन्सिल मेम्बर कोन्टानटिनिदेसले प्रधान सम्पादक शेर्पालाई विशेष सम्मानसँगै एभरेस्ट टाइम्सलाई सघाउ पुर्याउदै आएका एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङमा हयोल्मो, एभरेष्टटाइम्सको नेपाल व्युरो प्रमुख नेत्र तामाङ, पत्रकार मच्छे गुरुङ, इन्दिरा चोङबाङ, गीतकार पासाङ नुर्बु शेर्पा र प्रविधिक सहयोगी रोज मोक्तानलाई पनि सम्मान पत्र वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली काउन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेस्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी महत्वपुर्ण योगदान पुर्याउदै आएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा एभरेस्ट टाइम्सले दशौ बर्षको अवसर पारेर प्रकाशित विशेषांक पुस्तिकाको पनि विमोचन गरिएको थियो ।
एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङबा ह्योल्मोद्वारा स्वागत गरिएको कार्यक्रममा एभरेस्ट टाइम्सका सल्लाहाकार डा. तारा निरौलाले पत्रिकाले एक दशक लामो यात्रा पार गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाली भाषा संरक्षण गर्नमा पु¥याएको सहयोग प्रति खुसी व्यक्त गरेका थिए । त्यस्तै सल्लाहकार आङदावा शेर्पाले दक्षिण एशियाकै पहिलो पत्रकारको रुपमा प्रधान सम्पादक शेर्पाले सगरमाथा आरोहण गरेर रेकर्ड राख्नुको साथै प्रवासमा पनि निरन्तर एक दशक लामो पत्रकारिता गरि समुदायलाई सचेत गराएको भन्दै पत्रिकाको सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै अधिवक्ता वासु फुलाराले पत्रिकाले नेपाली समुदायलाई सचेतना गरेको भन्दै पत्रिकाले गदै आएको कार्यहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा प्रधान सम्पादक शेर्पाले पत्रिका सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण काम भएकोले पत्रिका निरन्तरताको लागि समुदायले पु¥याएको सहयोगको लागि सबैलाई धन्यवाद व्यक्त गरे । वार्षिकोत्सवको अवसरमा नेपाल सरकारका प्रधानमन्त्री केपी ओली, अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की, न्यूर्योक सिटीका मेयर विल डे ब्लाजिओ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पा, इन्द्रावती गाउपालिका प्रमुख वंशलाल तामाङले बधाइ तथा शुभकामना पठाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, काउन्सिल मेम्बर कोस्टालाई र पत्रिकालाई निरन्तर लेख रचना उपलब्ध गदै आएका व्यक्तित्वहरु आङ दावा शेर्पा, विके नेवालाई टोकन अफ लभ प्रदान गरे । त्यस्तै कार्यक्रममा फोटो पत्रकार अशोक पन्त, डिजाइनर अनिल रोका, पत्रकार विष्णु पौडेल र कानुन व्यवसायी खगेन्द क्षेत्री, गिरिजा गौतम, वासु फुलारा, व्यवसायी डिन्डु लामा ह्योल्मो र ग्याल्जेन नुरु शेर्पा लगायतलाई टोकन अफ लभ(मायाको चिनो) प्रदान गरिएको थियो । कार्यक्रममा वाणिज्यदूत कृसु क्षेत्रीलगायत न्युयोर्कमा रहेका विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । दोस्रो चरणको कार्यक्रममा गायकहरु जगदीश समाल, सपनाश्री, रेश्मा सुनुवारको गीत र विमल डाँगी र निशा सुनुवारले लोक दोहोरी गीत गाएर भरपुर मनोरञ्जन गरेका थिए । त्यस्तै झन्कार डान्स सेन्टरका कलाकारहरु र बसन्त डान्स सेन्टरका कलाकाहरुले नृत्य प्रस्तुत गरेका थिए । पहिलो चरणको कार्यक्रम मच्छे गुरुङ सञ्चालन गरेकी थिइन् भने दोस्रो चरणको कार्यक्रम उदघोषक विकी पुलामी र उदघोषिका डोमा सञ्चालन गरेका थिए ।
तस्विरहरु अशोक पन्त