१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

पर्खाल लगाउन अमेरिकामा संकटकाल घोषणा ।


Ang

४ फाल्गुन २०७५, शनिबार  

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउनको लागी सुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका छन । अमेरिकी संसदले दक्षिण सिमानामा लगाउन लागेको पर्खालको लागी बजेट विनियोजन गर्न अस्वीकार गरेपछि संकटकाल लगाएर अन्य क्ष्ेँत्रको बजेट विनियोजन गर्न लागेको राष्ट्रपति ट्रम्पले बताएको छ ।
मुलुकको रक्षाको लागी बडदो लागु औषध, अपराध र कागजपत्र नभएकोहरु गैरकानुनी रुपमा मेक्सिकोको सिमानाबाट छिर्न खोज्नेहरुलाई रोक्नका लागी दक्षिण सिमानामा पर्खाल लगाउन खोजेको राष्ट्रपति ट्रम्पले बताएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिका मेक्सिको सिमानामा पर्खाल लगाउनका लागी ५ दशमलव ७ बिलियन डलर छुट्ट्याउन माग गरेका थिए तर विहिबार पास भएको विधेयकमा १ दशमलव ३ सय ७५ बिलियन डलर मात्र छुट्ट्याइएको थियो ।

‘ राष्ट्रिय सुरक्षामा परेको यो संकटलाई रोक्नका लागी हाम्रो दक्षिण सिमानामा लगाउन लागेको पर्खाल एकतिर वा अर्को पनि हुन सक्छ ’ राष्ट्रपति ट्रम्पले टेलिभिजन विशेष सम्बोधन मार्फत बताए । संकटकाल घोषणा पछि विभिन्न क्षेत्रमा विनियोजित रकम पर्खालमा लगाउने लागेको उनले बताए । पर्खाल लगाउने विवादकै कारण यस अघि राष्ट्रपति ट्रम्पले महिनौ दिन अमेरिकी सरकार बन्द गरेको थियो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : ४३ बजे