१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

गिटारिस्ट एडी भ्यानको मृत्यु



न्युयोर्क । आइकनिक रक समूह भान हलेनका प्रख्यात लीड गिटार वादक एडी भ्यान हलेनको मृत्यु भएको छ । उनको छोराले सामाजिक सञ्जालमा बाबुको ६५ वर्षको उमेरमा मृत्यु भएको जनाएको हो ।

‘उनी मैले पाउनु पर्ने सब भन्दा राम्रो बुबा थिए’ उनका छोरा भोल्फ भ्यान हलेनले ट्वीटरमा लेखेका छन्, ‘हरेक क्षण मैले उहाँसँग बाँढेको छु ।’

एडी र भलेरी बर्टिनेलीका छोरा भोल्फ भ्यान हलेनका अनुसार उनका बुबाको क्यान्सरसँगको लामो र कठिन संघर्षपछि मंगलबार बिहान मृत्यु भएको हो । हलेनले सन् २०००९मा अभिनेत्री जेनी लिस्जेभस्कीसँग विवाह गरेका थिए ।

बर्टिनेलीले ट्विटरमा आफुले ४० वर्षअघि गितारवादकलाई भेटेपछि जीवन परिवर्तन भएको बताएकी छन् ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : ४० बजे