२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गायक राजेश पायल अमेरिकामा सम्मानीत


Ang

२८ आश्विन २०७९, शुक्रबार  

0
Shares

डालस, टेक्सास। किरात राई सोसाईटी अफ अमेरिका -केआरएसए टेक्सास) ले गायक राजेश पायल राईलाई अभिन्दन गरेको छ । किरात परम्परा अनुसार संस्थाका अध्यक्ष दिलिप राईले फेटा बाधेर तथा खादा लगाई गायक राईलाई सम्मान गरिएको थियो । कार्यक्रम डालासको अर्भिङटनस्थित नाङ्लो रेष्टुरेन्टमा भएको थियो ।

‘खोटाङको बुइपामा जन्मेर विभिन्न भाषामा गीत गाइ सकेको मेघा स्टार राई इज किङ राजेश पायल राई नेपाली सांगीतिक आकाशका नक्षेत्र हुन,’ केआरएसए टेक्सास्का अध्यक्ष दिलीप राईले भने ‘ नेपाली गीत संगीत क्षेत्रमा उहाले पुर्‍याएकेा योगदानको कदर गदै मिट एण्ड गि्रटसंगै अभिनन्दन गरेको हो ।’ उनले बताए ।

राजेश पायल राई फाउण्डेसन् मार्फत आर्थिक तथा सामाजिक अभियान समेत गरिरहेका राजेश पायल राई हाल संयुक्त राज्य अमेरिकाको विभिन्न सात वटा शहरहरुमा सांगीतिक कार्यक्रमका लागि अमेरिकामा आएका हुन् । उनी रियालीटी सो भोइस अफ नेपाल सिजन चारका बरिष्ठ निर्णयक समेत हुन ।

केआरएसए, टेक्सास् च्याप्टरले आफनो मौलिक पर्व मनाउनका साथै प्रत्येक वर्ष किराती खेल धनुवाण आर्चरी प्रतियोगिता, मैत्रीपूर्ण फुटबल, देउसे-भैलो सास्कृतिक कार्यक्रम, संसारभर मानवीय कार्यका लागि आर्थिक तथा भौतिक सहयोग लगायतका सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ३४ बजे