९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

नर्थक्यारोलिनाका चर्चित रियल्टार जितमान बस्नेत युनाइटेड ईलाइट अवार्डबाट सम्मानित




 नर्थक्यारोलिनाको रियल्टर जितमान बस्नेतलाइ अमेरीकी रियल स्टेट कम्पनि युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ । यो पुरस्कार पाउने संभवत उनी पहिलो नेपाली हुन । उनले अमेरिका भरिकै २५ हजार रियाल्टरहरु मध्येबाट छनौटमा परेका हुन । युनाइटेड रियल स्टेटले टेक्सासको डयालसमा आयोजित ५ सय भन्दा बढि रियल्टर उपस्थित सम्मेलनमा उनलाइ सम्मान गरेको हो ।

रियल्टर जितमान बस्नेतलाइ अमेरीकी रियल स्टेट कम्पनि युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ । यो पुरस्कार पाउने संभवत उनी पहिलो नेपाली हुन । उनले अमेरिका भरिकै २५ हजार रियाल्टरहरु मध्येबाट छनौटमा परेका हुन । युनाइटेड रियल स्टेटले टेक्सासको डयालसमा आयोजित ५ सय भन्दा बढि रियल्टर उपस्थित सम्मेलनमा उनलाइ सम्मान गरेको हो ।

“निरन्तर मेहनत्, क्लाइन्टको बिश्वास्, साथीभाई, इष्टमित्रहरुको साथ सहयोगकै कारण म यहा पुगेको हु । यो अवार्ड उहाहरुप्रति सर्मपित छ ।” जितमान बस्नेतले एभरेष्टटाइम्सलाई भने । नेपालमा पत्रकार हुदै मानव अधिकारवादी वकिलको रुपमा करिब डेट दशक पिडितहरुको पक्षमा वकालत गदै आएका जितमान अमेरिमाका पुर्णकालिन रियल्टरको रुपमा कार्य गदै आएका छन । ‘जितमान सहयोगि छन्, मिलन्सार छन अनि समाजिक सेवामा अग्रसर रहदै आएका छन् ‘ फुके भरिना बस्ने ङिमा पाख्रिनले भने।  जितमानले बिगत ३ बर्ष देखि उत्कृष्ठ रियल्टारकोे अवार्ड पाउदै आएका छन्। तर इलाइट तहमा भने यो बर्ष पुगेका हुन्। त्यसको साथै उनले मिलिनियम क्लाब अवार्ड र टप एजेन्ट सेल्स भोलुम गरि तीन अवार्डहरु प्राप्त गरेका छन। इलाइट अवार्ड प्राप्त गर्ने जितमान नर्थ क्यारोलिनाबाट पहिलो हुन । उनि नर्थक्यारोलिनाको रालेस्थित युनाइटेड ट्रयाङगल कम्पनि सङ्ग आवद्द छन ।


सन २०१९ देखि रियल्टरको रुपमा कार्यरत उनी फुर्सदको समयमा सामाजिक सेवामा क्रियासिल रहन्छन। प्रवासमा नेपाली भाषा, सस्कृतिको जर्गेनामा लाग्दै आएका उनी यसै वर्ष हिमालयन कम्युनिटि नर्थक्यारोलिनाले पनि सम्मान गरेका छ । विगत ३ बर्ष देखिन मेची महाकाली सेतो छडी अभियानमा जुटदै आएका छन । दृष्टि गुमाएका र कान नसुन्नेहरुलाइ सहयोग गर्ने उद्देश्य अनुसार नर्थ क्यारोलिना निवासि कर्मा शेर्पा गोले सङ्ग मिलेर यो अभियान शुरु गरेका हुन ।


कसरी शुरु भयो सेतो छडी अभियान ?
नर्थक्यारोलिना निबासि कर्मा शेर्पा गोलेले आफनो नियमित काम सकेर फुर्सदमा नेपालीहरुको कपाल काट्छन्। कर्माले कपाल काटेर जम्मा गरेको टिप्समाथि जितमान बस्नेतले आफनो कमाइको हिस्सा जोडेर विगत ३ बर्ष देखि नेपालमा दृष्टिविहिनहरुको सहयोगको लागी मेची महाकाली सेतो छडी अभियान शुरु गदै आएका छन । त्यस अभियानको लागी उनीहरुले नेपालमा क्रियासिल दृष्टिविहिनहरुको सस्था बाइट स्टार सोसाइटीसंग हातेमालो गदै आएका छन । उनीहरुका यो सामाजिक सेवाका भावनालाई धेरै सहयोगी मनहरु जोडिदै आएका छन । कर्माले आफ्नो स्वोर्गिय आमाको नाममा समेत सक्रिय रुपमा दृष्टि बिहिनको लागि र अन्य मानबिय सहयोग गर्ने गरेका छन्। मेचि माहाकालि सेतो छडि अभियान मार्फत अहिलेसम्म हजारौ सेतो छडी वितरण भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ६ : ४५ बजे