६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

हामी जहाँ पुगेपनि आफ्नो भाषा, धर्म र संस्कृति बिर्सनु हुदैन


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

सोलुखुम्बुको लोदिङमा डेढ दशकसम्म प्रधानाध्यापक भएर काम गरिसकेका दावा जाङबु शेर्पाले अमेरिकामा सामाजिक सेवा सुरु गरेको एक दशक पुरा भएको छ । तत्कालीन प्रस्तावित पिके माध्यमिक विद्यालयमा लामो समय शिक्षण पेसामा लागेका उनले न्युयोर्कमा आए लगतै शेर्पा किदुगको ट्रस्टी बोर्डमा बसेर कार्य गरेका थिए । विदेशमा हराउन थालेको भाषा, धर्म र संस्कृतिलाई जोगाउन उनी सन २००९ देखि शेर्पा भाषा, धर्म र संस्कृतिको पाठशाला शेर्वी रिग्सुङ लोप्टाको संयोजक भएर काम गरेका थिए । यसै क्रममा उनी २०११ मा किदुगको महासचिव हुदै सन् २०१२ देखि २०१४ सम्म उपाध्यक्ष लगतै सन २०१५ देखि २०१६ सम्म शेर्पा किदुग अमेरिकाको अध्यक्ष भएर सेवा गरिसकेका छन् । उनको नेतृत्वमा रहेको अहिलेको कार्यसमितिले संभवतः अहिलेसम्मको सबैभन्दा धेरै र महत्वपूर्ण कार्य गरेको छ । उनै अध्यक्षसँग एभरेस्ट टाइम्सका आङछिरिङ शेर्पाले गरेको कुराकानीको सम्पादित अंशः
अमेरिकामा एक दशक समाजसेवा गर्दाको अनुभव कस्तो रहयो ?
मलाई सानैदेखि समाजसेवा गर्न मन लाग्थ्यो । त्यही अनुसार फुर्सदमा समाजसेवामा जुटने गर्थें । नेपाल हुदंै अमेरिकामा आएपछि कामसँगै विदाको समय समुदायकै सेवामा लागे । यसै क्रममा २००७ मा अमेरिकामा शेर्पा भाषा, धर्म र संस्कृतिको जगेर्नाका लागि लाग्दै आएँ । शेर्पा किदुगको गुम्बा स्थापना गर्ने ट्रस्टी बोर्डमा बसेर काम गर्न सुरु गरेदेखिको यो अवधी एक दशक पुरा भएछ । यस अवधिमा मेरो परिवार, कार्यसमितिका पदाधिकारी, आफन्त र सवै इष्टमित्रको सहयोगले केही गरे जस्तो रमाइलो अनुभव भइरहेको छ । तर यतिको अवधिमा मैले कस्तो ग¥यो वा गरेन भन्ने मुल्याङकनको जिम्मा समाजलाई नै दिन चाहान्छु ।
तपाईको कार्यकालमा कस्तो कार्यहरु भयो ?
हामी सबै शेर्पा समुदायको प्रयासमा सबैभन्दा किदुगले भवन खरिद गरेर गुम्बा स्थापना गर्न सकेको छ । यही गुम्बामा किदुगको उद्देश्य अनुरुप हामीले धर्म र संस्कृति जोगाउन हरेक वर्ष बौद्धधर्मको विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छौं । यसका साथै मेरो नेतृत्वको कार्यकालमा किदुगले न्युयोर्क सिटिको मेयर कार्यालयसँग सम्बन्ध विस्तार गरी विभिन्न कार्यक्रम ग¥यो । यस्तो कार्यमा अमेरिकामा अध्ययनरत शेर्पा युवा विद्यार्थीलाई पनि सहाभागी गराउदै आएका छौ । त्यस्तै बालबालिकाको मानसिक र शारीरिक विकासका लागि फुटबल खेलतर्फ उन्मुख गराउन सक्यौ । त्यस्तै विभिन्न नेपाली समुदायवीचको एकताका लागि समर स्पोर्टसमा विभिन्न खेल प्रतियोगिता गर्दै आएका छौ । यसको साथै मेरो नेतृत्वमा सबै हिमाली बुद्धिस्ट कम्युनिटीलाई एकता गरि सामुहिक रुपमा बुद्ध जयन्ती मनाउने कार्यको थलानी भएको छ । त्यस्तै यस पटकदेखि लोसारको गुथुकको दिन पहिलोपटक शेर्पाको मौलिक तथा परम्परागत गीत, नृत्यहरु, निबन्ध र कविता प्रतियोगिता आयोजना गर्ने अवसर मिल्यो । त्यस्तै बालबालिकाका लागि हरेक शुक्रबार बेलुकी बौद्ध धर्मको कक्षा सुरु गरिसकेका छौ ।
किदुगको उद्देश्य अनुरुप समुदायलाई कति फाइदा भए जस्तो लाग्छ ?
किदुगले अहिलेसम्म जति पनि कामहरु गरेका छन् ती सबै आफ्नै उद्देश्य अनुसार नै गरेका छन् । विदेशी भुमिमा आएर पनि यतिको भाषा, धर्म र संस्कृति संरक्षणका लागि गरेको कार्यहरुको लेखाजोखा गर्ने हो यो उल्लेखनीय मान्नु पर्छ । तर भावी पुस्ताको लागि कति ग¥यो भन्ने कुरामा यो सुरुवात जस्तै लाग्छ । भावी पुस्ता माझ किदुगको उद्देश्यबारे महसुुस गराउन अझै ७५ प्रतिशत बाँकी नै छ । यसका लागि किदुगले गरेर मात्र हुदैन समाजका सदस्यहरुले उतिकै चासो पनि दिनुपर्छ । आफ्नो भाषा, धर्म र संस्कृतिबारे सिक्नु पर्ने समुदायको सबैको कर्तव्य हुन आउछ ।
तपाईलाई फेरि नेतृत्व गरिदिनु प¥यो भनेर समुदायले अनुरोध गरेको रहेछ नि, के गर्नुहुन्छ ?
हो यो पटक धेरै साथीहरुले मलाई पुनः नेतृत्व गरिदिनु भनेर धेरै अनुरोध आएको छ । तर अब अरुलाई पनि मौका दिनुपर्छ भन्ने मान्यता हो । किदुगले जग बसाली सकेकोले यो अवस्थामा कोही रहरले काम गर्छु भनेर आउनेहरुलाई पनि मौका दिउँ भनेर यसपटकबाट नेतृत्वमा नबसेको हुँ । बोर्डमा नबसे पनि किदुगलाई तन, मन र धनले सहयोग गर्ने सोचाईमा छु ।
अबको नेतत्वले गर्नुपर्ने कामहरु केके देख्नुभएको छ ?
अब आउने नेतृत्वले अहिलेको किदुगको भवनलाई समय सापेक्षित रुपमा ठुलो बनाउनु पर्ने पहिलो प्रथामिकताको काम रहेको छ । यो भवन बनाउन नमुना डिजाइन बनाउनुको साथै आर्थिक संकलन समिति गठन भइसकेको छ । त्यस्तै प्रत्येक वर्ष लोसार ल्हाप्सु मनाउने ठाउँको जग्गा किन्ने कार्यलाई निरन्तर दिनु पर्ने देखिन्छ । यसका साथै अहिलेको कार्यसमितिले गरेको क्रियाकलापलाई निरन्तर रुपमा गदै जानु पर्नेछ । विशेष गरी हाम्रो कार्यकालमा जस्तै युवा जमातलाई किदुगको उद्देश्य पुरा गर्न सहाभागिता गराउनुको साथै परिचालन गर्नुपर्ने जरुर देखिएको छ । त्यस्तै किदुग अन्तर्गत रहेका विभिन्न उपसमितिमा अहिले सक्रिय रुपमा लागीरहेका स्वयंसेवकलाई काम गर्ने उपयुक्त वातवारण बनाइ दिनुपर्छ । यदि त्यसो गरेको खण्डमा किदुगको हरेक कार्यहरु सफल हुनेछ ।
किदुगले बनाउन खोजेको भवन कस्तो हुने हो ?
अहिलेको भवनलाई पुर्ननिर्माण गरि धेरै मान्छे अटन सक्ने क्षमताको भवन बनाउन हामीले एउटा भवनको नमुना भिजन बनाइसकेको छौ । यसको लागी शेर्पा सांस्कृतिक केन्द्र ट्रस्टी बोर्डसँग मिलेर आर्थिक अनुमान पनि गरिसकेका छौ । अब यसलाई पुरा गर्न उतिकै बजेट जरुर पर्ने देखिन्छ । अबको किदुगको पहिलो प्रथामिकता भनेको पनि यसलाई पुरा गर्न समुदायमा र दाताहरुसग आर्थिक संकलनका लागि छिटै पहल गर्नुपर्ने देखिन्छ ।
किदुकले बालबलिकालाई भाषा धर्म र सस्कृतिको बारेमा जानकारी दिन कस्तो भुमिका खेल्दै आएको छ ?
यही जन्मेको बालबालिकालाई भाषा, धर्म र संस्कृतिबारे जानकारी दिने उद्देश्यले किदुगले विगत केही वर्षदेखि लोसार र बुद्ध जयन्तीका दिन कार्यक्रम नै आयोजना गर्दै आएको छ । लोसारको छेवा चि पहिलो दिन घरमा लोसार मनाइसकेर किदुगको गुम्बामा अभिभावकसँग आउने बालबालिकालाई पैसा दिएर, खादा लगाइदिएर लोसारको बारेमा ज्ञान दिदै आएको छ । त्यस्तै बुद्ध जयन्तीको दिन पनि बालबालिकालाई बुद्ध वचनहरु लेखिएको प्लेकार्डहरु र बुद्ध झण्डा समात्न लगाएर उनीहरुलाई सहाभागी गराउदै आएका छौ । बुद्ध जयन्तीको दिन पनि बौद्धधर्म गुरुहरुबाट बुद्धको बारेमा थाहा दिनका साथै बुद्धको वचनको बारेमा जानकारी दिदै आएको छ । यसको साथै किदुगले अहिले हरेक शुक्रबार शेलुकी ५ वर्ष माथिको बालबालिकालाई बुद्धिस्ट कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
बालबालिकालाई शेर्पा भाषा, धर्म र संस्कृतिबारे आकर्षित गर्न अरु कस्तो उपाय अपनाउनु पर्छ ?
यही जन्मेको बालबालिकालाई हाम्रो भाषा, धर्म र संस्कृतिको बारेमा थाहा दिन किदुगले यति गरेर मात्र हुदैन । यसका लागि आप्mनै घरघरमा अभिभावकले सिकाउनु पर्छ । उनीहरुलाई स्कृलमा सिकाउदै आएको अंग्रेजी भाषा र सस्कारले सोचे जस्तो हाम्रो भाषा र संस्कृतिबारे सिकाउन सजिलो छैन । तैपनि उनीहरुलाई आकर्षित हुने किसिमको उपायहरु अपनाएमा धेरै प्रभावकारी हुने देखियो । यसका लागि अभिभावकहरुले घरमा आप्mनै भाषामा बोल्ने कोसिस गर्नुपर्छ । वर्षभरिमा हुने हाम्रो प्रमुख चाडहरु लोसार, डुक्पाछेची, बुद्ध जयन्ती जस्ता दिनको बारेमा उनीहरुलाई थाहा दिई त्यो दिन उपहारहरु दिने गर्नु पर्दछ । कुनै बालबालिकाको पहिलो पाठशाला भनेकै घर भएकोले घरमा सिकाउन सकेन भने किदुगले जति प्रयास गरेपनि खासै प्रभावकारी हुदैन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : ४६ बजे