७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पत्रकार तामाङलाई तामाङ सोसाइटीको सम्मान


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

न्युयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाले २८५२ औं सोनाम ल्होछारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा नेपाली बुलेटिन अनलाइन पत्रिकाका प्रधानसम्पादक मानछिरिङ तामाङ सम्मानित भएका छन् ।

शनिवार न्यूयोेर्कमा सम्पन्न भएको कार्यक्रममा सोसाइटीका पूर्व अध्यक्ष सुवास लामा र वर्तमान अध्यक्ष सुर्य पाख्रिनले संयुक्तरुपमा पत्रकार तामाङलाई खादा ओढाई सम्मानपत्र प्रदान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारीमा गएका नेपालीबारे उल्लेखनीय योगदान गरेकामा पत्रकार तामाङलाई सम्मान गरिएको सोसाइटीले जनाएको छ । वैदेशिक रोजगार पत्रकार समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका तामाङ विगत १३ वर्षदेखि पत्रकारिता क्रियाशील छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १ : ५७ बजे