८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सुचना तथा संचार प्रबिधि-शैक्षिक उद्योग साझेदारी कार्यक्रम सम्पन्न


१६ जेष्ठ २०७४, मंगलबार  

0
Shares

पोखरा । सुचना तथा संचार प्रबिधि समाज नेपाल र एक्स एल सफ्ट टेक प्रा लिको संयुक्त आयोजना तथा नेपाल दुरसन्चार प्राधिकरणको सहकार्यमा सुचना तथा संचार प्रबिधि-शैक्षिक उद्ध्योग साझेदारी कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथी पोखरा उध्योग बाणिज्य महासँघका अध्यक्ष विश्व शंकर पालिखेले दिप प्रजोलन गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा पोखराका विभिन्न सुचना प्रबिधि सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा बिधार्थीको उपस्थिती रहेको थियो।

सुचना तथा संचार प्रबिधि समाजका महसचिब सुबास खड्काको सभापतित्वमा सन्चालित कार्यक्रम समाजका सचिब बिशाल महतले सन्चालन गर्नु भएको थियो। उक्त कार्यक्रम मा एक्स एल सफ्ट टेक का सि ई ओ सुनिल पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने सुचना तथा संचार प्रबिधि समाज नेपाल को सल्लाहकार तथा सम्वृद्धि कलेजका संस्थापक डिल्ली प्रसाद शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । नेपाल सरकार सुचना तथा प्रविधि मन्त्रालय सुचना प्रविधि विभाग र पोखरा उध्योग बाणिज्य महासँघको सहयोग तथा क्यास ट्रेडिग सोलुसन, आईडियालय,ई सेवा कार्यक्रम को प्रायोजक रहेका थिए।

उद्घाटन सत्रमा बोल्दै क्यान कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले कार्यक्रम सफलताको शुभकामना गरे भने सोच कलेजका प्रिन्सिपल सुशिल अधिकारी, ला ग्रान्डीका प्रिन्सिपल किरण के.सी लगायतले आफ्नो मन्तब्य राखे। पोखरामा पहिलोपटक यस्तो कार्यक्रम भएकोमा सुचना प्रबिधिका जनशक्ति र सुचनाप्रबिधी उध्योग दुबै लाई निकै लाभ भएको बताउदै प्रमुख अतिथी बिश्व शंकर पालिखेले कार्यक्रमले केही ठोस उपलब्धी हासिल गर्न सकोस भन्ने शुभकामना ब्यक्त गरे । आफु पनि सुचना प्रबिधि उद्ध्योगसँग आबद्द भएकोले उद्ध्योगले खोजेको जस्तो जनशक्ति उत्पादनमा यस्तो कार्यक्रमले ठुलो मद्धत पुर्याउने आशा ब्यक्त गरे। दोश्रो चरणमा सरोकार वाला सँग छलफल(Panel Discussion) मा उध्योगका तर्फबाट क्लाउड फ्याक्ट्रिका कर्मठ डङ्गोल, आईडियालयका प्रभास कार्की, एक्स एल सफ्ट टेक प्रालिका सुनिल पाण्डे तथा वेबपेज नेपालका प्रितम सेन ठकुरी र शैक्षिक संस्थाको तर्फबाट डिल्ली प्रसाद शर्मा, किरण के.सी रहेका थिए।

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार  १ : ०१ बजे