६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्दा कसैलाई घाटा हुँदैन : शर्मा


७ असार २०७४, बुधबार  

0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि प्रदेश र केन्द्रिय संसदको चुनाव मंसिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्ने र यसको लागि वर्तमान सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको चुनाव एकै चरणमा गर्दा मुलुक र जनतालाई नै फाईदा हुने विश्वास दिलाए । उनले भने,‘समयको बचत भयो, पैसाको पनि बचत हुन्छ, मुलुकलाई भार पर्दैन, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ।’

शर्माले तराई–मधेशको मुद्दा राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने,‘मधेसको मुद्दा कुनै एक पार्टीको नभएर राष्ट्रिय मुद्दा हो, संविधानमा विभेद भएमा संशोधन गरेर जान सक्ने संविधानमा स्पष्ट छ, त्यसैले संविधान संशोधनमार्फत उहाँहरुको माँग पूरा गर्नको लागि सरकारले पहल गरिरहेको छ, तर चुनाव बहिस्कार गरेर पार्टीलाई फाइदा हुँदैन, बरु जनताबाट बहिष्कार भईन्छ ।’

प्रकाशित मिति : ७ असार २०७४, बुधबार  ६ : ०४ बजे