इन्डोनेसिया । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया पुगेका छन् । परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आइपुगेको त्यहाँका अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताएका थिए । पूर्वराष्ट्रपति ओबामा उनका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुगेको सेनाका अधिकारीहरुले जनाएका छन् ।
१० असार २०७४, शनिबार
0
Shares