२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

धरान सोसाइटी युसए गठन


१८ श्रावण २०७४, बुधबार  

0
Shares

न्युयोर्क । पूर्वी नेपालको सुन्दर सहर धरानका युवा जमातले अमेरिका र धरानबीचको सम्बन्ध र सम्पर्क बिस्तार गर्ने मुख्य उद्देश्य लिएर जुलाइ २३ का दिन क्विन्स ब्रिज पार्कमा बृहत धराने भेला गरी ‘धरान सोसाइटी युसए’को स्थापना गरेको छ । तेजकुमार लिम्बु तुम्बाहाङ्फेको संयोजकत्वमा भएको भेलाले ११ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका पदाधिकारीमा अध्यक्ष तेजकुमार लिम्बु तुम्बाहाङफे, उपाध्यक्ष बिमल गुरूङ, सचिव हेमेन्द्र गुरूङ, सहसचिव विकास राई, कोषाध्यक्ष सुदन श्रेष्ठ रहेका छन् भने सदस्यमा बिष्णुकुमार चोङबाङ, टासी शेर्पा, रंजिप राई, वारकहाङ लिम्बु, सन्तोष मोक्तान र संजित मुखिया रहेका छन् । त्यस्तै संस्थाका सल्लाहकारमा गणेश शेर्पा र काजी शेर्पा रहेका छन् ।

समितिले अमेरिकाभर रहेका सम्पूर्ण धरानेलाई एकता र भाइचाराको भावना अभिवृद्धि गराउने, नव आगन्तुक तथा आपतबिपतमा परेका धरानेहरुलाई सहयोग गर्ने, समग्र धरानको विकासमा धरान उप महानगरपालिका तथा धरानवासीसँग हातेमालो गर्ने तथा अमेरिकावासी धरानेहरूको सम्पत्तिलाई सामूहिक लगानी गर्ने अवधारणा तर्जुमा गर्ने जस्ता उद्देश्य रहेका छन् । यसका अलावा समितिको आगामी बैठकले विविध समस्यापहिचान गरेर त्यसलाई संस्थागत रुपमा समाधान हेतु विभिन्न कार्यक्रम अघि सार्ने कुरा रहेको धरान सोसाइटी युएसएका अध्यक्ष बताउनु हुन्छ । बिभिन्न समस्या बाबजुद पनि केही बर्ष अघिदेखि प्रत्येक बर्ष धराने भेला हुदै आएको र त्यसलाई संस्थागत गर्न सकेकोमा खुसी लागेको रहेको संस्थाका सहसचिव विकास राईले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ७ : १५ बजे