१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

कागले लखेटेपछि चरा पुगे नेपाल प्रहरीको शरणमा


३१ श्रावण २०७४, मंगलबार  

0
Shares

काठमाडौं । मानिसहरु अन्याय परेपछि प्रहरीकहाँ पुग्छन् । यो सामान्य कुरा भयो । तर, मुस्ताङमा भने एउटा चरा अरु बलिया चराबाट जोगिन प्रहरीकहाँ पुगेका छन् ।

रातो जुन बकुल्ला नाम गरेको उक्त चरा चारवटा कागले लखेटेपछि प्रहरीको शरणमा पुगेका थिए । उक्त चरा प्रहरीकहाँ पुगेपछि चारैवटा कागलाई प्रहरीले लखेटेको बताइएको छ । ‘प्रहरीले हाहाहुहु गरी कागलाई धपाएपछि चरालाई भने, ‘ल सुरक्षित ठाउँमा नै आइपुगिस ।’
पहिलोपोस्ट अनलाइनमा प्रहरीलाई उद्धृत गर्दै विगत लामो समयदेखि चरा क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका राजु आचार्यले लेखेका छन् । मुस्ताङस्थित जिल्ला प्रहरी कार्यालय परिसरभित्रै पसेको चरा केही बेर कार्यालयमै सुरक्षित राखेर प्रहरी चराविद् गुहार्न पुगे ।

प्राय तराईंमा बसोबास गर्ने चरा हिमालमा पुग्दा कागले लखेटेको हुनसक्ने चराविद्हरुको अनुमान रहेको छ । प्रहरी चाैकीमा राख्न खोजिएपनि चराले सक्रियता देखाएपछि अन्नपूर्ण संरक्षण क्षेत्रका वरिष्ठ प्राकृतिक श्रोत संरक्षण सहायक सुरेश थापाको रहोबरमा  साँझमा उडाएको बताइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  २ : ०७ बजे