२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

बाढीले बगाएको गैंंडा भारतमा, नेपाल ल्याउने तयारी


३२ श्रावण २०७४, बुधबार  

0
Shares

चितवन । बाढीले बगाएर नेपाल र भारतका  विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।
हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् ।
निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकी नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँंडा देखिएको छ । नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंँडालाई ल्याउने प्रयास थालिएको उनले बताए ।
यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उनले नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँंडा आजै ल्याइने बताए ।
सौराहाबाट प्राविधिक टोली आज त्यसतर्फ गएको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार  ६ : ४३ बजे