११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस


१९ आश्विन २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए । देउवा २०६४ सालको निर्वाचनमा डडेल्धुरासँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको अमगरगढी नगरपालिकामा उहाँको पार्टी नेकाले पराजय व्यहोरोपछि देउवाको आलोचनासमेत भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार  २ : ३५ बजे