९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

तामाङ सोसाईटी अफ अमेरिकाद्वारा बधाई तथा शुभकामना


२३ आश्विन २०७४, सोमबार  

0
Shares

एभरेष्ट टाईम्स् प्रतिनिधी / न्युयोर्क

तामाङ सोसाईटी अफ अमेरिकाले आफ्ना दुई सदस्यलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएको छ । सोसाईटीका सल्लाहकार बि आर (बाबु राम) लामा र निवर्तमान महासचिव पवन योञ्जनलाई गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव र सह-कोषाध्यक्षमा निर्वाचित भएकोमा खुशी एवं गौरव महसुस गर्दै बधाई ज्ञापन तथा उनीहरुका कार्यकाल पुर्ण सफल्ताको लागि शुभकामना दिएको हो । गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा सोसाईटीले उक्त बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । सोसाईटीका महासचिव अमर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाका पुर्वअध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, पुर्वमहासचिवहरु लक्यान लामा, बुध्दिमान तामाङ लगायत बर्तमान पदाधिकारीहरु र सदस्यहरुले सँघका महासचिव बि आर लामा र  सह-कोषाध्यक्ष पवन योन्जनलाई खादा लगाउँदै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा सोसाईटीका सह-कोषाध्यक्ष सानु कुमारी लामाले स्वागत मन्तब्य राख्दै सबैलाई स्वागत गरेकी थिईन् ।

तामाङ सोसाईटी अफ अमेरिकाका पुर्वअध्यक्ष भरत लामा मन्तब्य दिदै ।

 

सोसाईटीका सचिव छिरिङ योन्जनले सँचालन गरेको उक्त कार्यक्रममा मन्तब्य दिदै गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको महासचिव बि आर लामाले सोसाईटीबाट आफूले हासिल गरेका नेतृत्व बिकासका अनुभवहरु सँघमा सदुपयोग गर्ने बताए । सँघको नवनिर्वाचित महासचिवको हैसियतमा काम गरेर देखाउँने प्रतिबध्दता ब्यक्त गर्दै सोसाईटीको सहयोगले आफूलाइ काम गर्न हौसला बढाएको बताए । यसै गरी सह-कोषाध्यक्ष पवन योन्जनले अव तामाङ युवा नेतृत्वको लागि ढोका खुलेको र थुप्रै तामाङ युवाहरु नेतृत्व विकासको क्रममा रहेको खुलाए । तामाङ युवाहरुको नेतृत्व विकासको लागि सोसाईटीको भूमिका रहेको उनले बताए ।

मन्तब्य राख्दै गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका सह-कोषाध्यक्ष पवन योन्जन ।

 

जातिय विविधता र त्यससँग जोडिएको मौलिक सँस्कार, सँस्कृती, भाषा, भेषभुषा नेपालको सम्पती भएको उल्लेख गर्दै नेपाल आदिवासी तथा जनजाति महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबाले नेतृत्व पङ्तीमा पुगेकाहरुले विशेष गरी आफ्नो मौलिक पहिचानमा गौरब गर्नु पर्ने एवं भावी पिडीको लागि बाटो देखाउँनु पर्ने कुरामा जोड दिए । तामाङ सोसाईटी अफ अमेरिकालाई अगाडी बढाउँन बि आर लामा र पवन योन्जनको योगदानको स्मरण गर्दै सोसाईटीका पुर्वअध्यक्ष राम तामाङले दुबै जनालाई सँघको कार्य अवधीमा निडर र पारदर्शी भएर जिम्मेवारी निभाउन सुझाए । यसै गरी पुर्वअध्यक्ष ईन्द्र तामाङले गैह्र अवासिय नेपाली सँघ अमेरिकाको महत्वपुर्ण पदमा दुई तामाङ पुग्दा भएको खुशी र गौरवलाई कायम राख्न सबैले सहयोग गर्नु पर्ने धारणा राखे । कुनै पनि ठाउँमा अवसर पाउँदा सक्षम तामाङहरुको कमी नरहेको भन्दै सोसाईटीका पुर्वअध्यक्ष भरत लामाले आफ्नो मन्तब्यमा गैह्र आवासिय नेपाली सँघको अन्तराष्ट्रिय समन्वय परिषदको नेतृत्व पङ्तीमा जानलाई पनि तामाङहरु सक्षम रहेको बताए ।

तामाङ सोसाईटी अफ अमेरिकाका महासचिव अमर तामाङ आफ्नो मन्तब्य ‍दिदै । साथमा गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय परिषद अमेरिकाका महासचिव बि आर लामा र सह-कोषाध्यक्ष पवन योन्जन ।

 

कार्यक्रमका सभापति अमर तामाङले हिजोको राज्यसत्ताबाट प्रडापित तामाङ पुर्खाहरुले पहिचान लुकाउँनु परेको बाध्यता आफ्नो बुबाबाट सुनेको स्मरण गर्दै गैह्र अावासिय नेपाली सँघ अमेरिकामा निर्वाचित सोसाईटीका दुई महत्वपुर्ण सदस्यहरु तामाङ समुदायको लागि रोल मोडेल हुने बिचार राखे । कार्यक्रमलाई सफल बनाउँन सहयोग पुराउँने सबैलाई धन्यवाद ज्ञापन गर्दै बधाई तथा शुभकामना कार्यक्रम बिसर्जन भएको घोषणा उनले गरेका थिए ।

गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय परिषद अमेरिकाका महासचिव बि आर लामा र सह-कोषाध्यक्ष पवन योन्जन ।

 

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  १ : ५७ बजे