६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

वाम गठबन्धनका ठुला नेताको जमानत जफत हुनेछः खाँण


२२ कार्तिक २०७४, बुधबार  

0
Shares

काठमाडौं । नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले वाम गठबन्धनका वरिष्ठ नेताहरुको जमानत जफत हुने दाबी गरेका छन् ।

काँग्रेस निर्वाचन परिचालन समितिले बुधबार आफ्नो केन्द्रीय कार्यालय सानेपामा पत्रकार भेटघाट आयोजना गरी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धन कमजोर भइसकेकाले यसपटकको निर्वाचनमा जमानत गुमाउने दाबी गरेका हुन् ।

‘नेपाललाई प्रयोगशाला बनाउन खोज्ने, माक्र्सको फोटो पुजेर राष्ट्रवादी बन्ने कम्युनिस्टका ठुला नेताको यसपटक जमानत जफत हुनेछ,’ उनले भने ।

कार्यक्रममा खाँणले कम्युनिस्ट शासन अधिनायकवादी हुने भएकाले यसपटकको निर्वाचन वाम गठबन्धनका लागि अन्तिम हुनसक्ने आँकलनसमेत गरे ।

एमाले र माओवादीको स्वार्थअनुसारको संविधान नबनेकोले पनि उनीहरुको स्वार्थसिद्ध गर्न वाम गठबन्धन बनेको उनको आरोप थियो ।
कार्यक्रममा प्रचारप्रसार समन्वय उपसमितिको उपसंयोजक बद्री पाण्डेले वाम गठबन्धन हालै जारी भएको संविधान विस्थापन गर्ने पक्षमा रहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार  ७ : ०३ बजे