१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

राजपा जिते मधेस जित्नेछ: महतो 


६ मंसिर २०७४, बुधबार  

0
Shares

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताएका छन् ।

धनुषाको नगराइन नगरपालिकास्थित लगमा बुधबार आयोजित चुनावी सभामा महतोले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न सबैमा अपिल गरे।

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता महतोले भने– “मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।”

नेता महतोले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउन आग्रह गरे। “काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन्”उनले भने, “राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।”

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार  ५ : २८ बजे