युएस नेपाल क्लाइबर्स एसोसियसनले विभिन्न उमेर समुहका बालबालिकाहरु वीच आइतबार न्युयोर्कको क्वीन्समा क्लाइम्बिङ प्रतियोगिताको आयोजना गरियो । इभुलुसन टेष्ट नामक उक्त प्रतियोगितामा युथ सिनियर तर्फ पासाङ दावा शेर्पा प्रथम, तेन्जिङ साङबो दोश्रो र कर्सन लामा र जुब्लि याङजी तेस्रो भएका थिए ।
त्यस्तै जुनियर तर्फ टासीयामा प्रथम , डेजी शेर्पा दोश्रो र मिङमा डोमा शेर्पा र याङचेन शेर्पा तेस्रो भएका थिए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि नेपाल कन्सुलेटको महाबाणिज्यदुत मधु मरासिनिले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । एसोसियसनले गत अक्टुबर २२ तारिखदेखि डिसेम्बरको १७ तारिखसम्म ८ हप्ता एनवाइसि आउटबोन्ड स्कुलमा तालीम दिएका थिए । त्यही तालीममा सिकेका १५ जनाले प्रतियोगितामा भाग लिएका थिए । उनीहरुलाई सस्थाका सचिव पासाङ निमा शेर्पा र सल्लाहकार ङवाङ निमा शेर्पाले प्रशिक्षण दिएका थिए । प्रतियोगिताको निर्णयकहरुमा प्रशिक्षक पासाङसंगै, जेफ बनिरेल, लाक्षी गुरुङ, ल्हाक्पा नुर्बु शेर्पा र फुर्वा सोना शेर्पा थिए ।
प्रतियोगिता पछि भएको औपाचारिक कार्यक्रममा सस्थाका अध्यक्ष पासाङ रिन्जी शेर्पाले सस्था र सस्थाको गतिविधिको बारेमा मन्तव्य दिएका थिए भने सल्लाहकार ङवाङ निमा शेर्पाले ओलम्पिक खेलमा सामेल भएको क्लाइम्बिङ खेलमा यस्तै गरि नेपाली बालबालिकाले निरन्तरता दिएमा नेपालको प्रतिष्ठा बडाउने बताएका थिए । सस्थाको महासचिव आङ ग्याल्जेन शेर्पाद्धारा सञ्चालित कार्यक्रममा महाबाणिज्यदुत मरासिनिले विदेशमा नेपाल चिनाउन योगदान पुर्याउदै आएको युएस नेपाल क्लाइबर्ससग मिलेर सरकारले कार्य गर्ने सोच बनाएको बताएका थिए । औपाचारिक कार्यक्रम सस्थाको महासचिव आङ ग्याल्जेन शेर्पाले सञ्चालन गरेका थिए ।