मच्छे गुरुङ, न्यूयोर्क ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ( फिप्ना) को छैटौं अधिवेशनको उदघाटन कार्यक्रमपछिको बन्द सत्रमा भएको विवादको कारण नया नेतृत्व चयन स्थगित भएको छ । अधिबेसन न्युयोर्कको क्विन्सस्थित शेर्पा किदुगको हलमा आइतबार आयोजना भएको थियो । अधिबेसनको उदघाटन कार्यक्रममा मेयर अफिसका प्रतिनिधिीहरु र विभिन्न जातिय संघसस्थाका प्रतिनिधीहरुले सहमति गरेर नया नेतृत्व चयन होस भनेर शुभकामना दिएका थिए । तर बन्द सत्रमा दुई राईको सस्था मध्ये युक्रा र डोप्के किदुगको सदस्य संस्थाको बिषयमा उठेको विवादको कारण नया नेतृत्व चयन स्थगित भएको हो ।
फिप्नाले अधिवेशनका लागि ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेकेा थियो । बन्द सत्रमा फिप्नाकेा विधानमा भएको ब्यबस्था अनुसार डोप्के किदुकले फिप्नाले तोकिएको समय सिमाभित्र सदस्यता आवेदन नविकरण नगरेपनि अधिवेसनस्थलमा सदस्यता दिनैपर्ने अडान राख्दै निर्वाचन गराउन दवाव दिन थालेपछि विवाद चुलिएको थियो । फिप्नाले सदस्यता नविकरणका लागि गत नोभेम्बर ३० तारिख सम्मका लागि नविकरणको समय दिएको थियो । तोकिएको समयमा नविकरण नभएपनि अधिबेसन स्थलमा सदस्य पाउनुपर्ने भनेर विवादसंगै निर्वाचन गराउन दवाव दिन थालेपछि निर्वाचन आयुक्त भरत लामाले अर्को सुचना जारी नभएसम्म निर्वाचन गर्न नसकिने भनी आइतबार रातको ११ बजे निर्वाचन स्थागित गरेको घोषणा गरेका हुन ।
अधिवेशनका लागि बिहान ११ बजेदेखि बेलुका झण्डै ११ बजेसम्म विभिन्न संघंस्थाका प्रतिनिधी र पर्यवेक्षकहरु निर्वाचनका लागि बसे अन्तत विवादका कारण निर्वाचन कार्यक्रम स्थगन भएपछि केही प्रतिनिधि सस्थाका सदस्यहरु बाहिरिएका थिए । यसैबीच, हलमा बाकी रहेका विभिन्न सस्थाका प्रतिनिधिहरु र पर्यवेक्षकहरुले फिप्नाको वर्तमान कार्यसमिति भंग भइसकेको र निर्वाचन आयोग र फिप्ना कार्यसमिति असक्षम भएको भन्दै संघीय परिषदका सभामुख विनोद पोमोलाई निर्वाचन गराउनका लागी जिम्मेवारी दिएको भन्दै सामाजिक सन्जाल राखेका छन् ।
उद्घाटन सत्रमा फिप्नाले आदिवासी चलचित्र महोत्सव र अन्य कार्यक्रमहरुमा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई प्रशंसा पत्रका साथ फेन्ड्स अफ फिप्ना सम्मान गरेको थियो । उदघाटनपछि भएको बन्द सत्रमा कोषाध्याक्ष राजकुमार विष्टले आर्थिक प्रतिवेदन निकै फितलो ढंगले प्रस्तुत गरेको भनी प्रतिनिधिहरुले विरोध गरेका थिए ।
फिप्ना कार्यसमितिमा रहेका सदस्यहरु र अन्य सस्थाका सदस्यहरुले सामाजिक सन्जालमा सस्था र कार्यसमितिको बदनाम गराउने कार्य गरेको भनी आदीबासी जनजाती महासंघ अमेरिका फिफनाका अध्यक्ष लुइसाङ वाइवाले विज्ञाप्ती मार्फत सबैको ध्यानाकर्षण गदै सस्था र कार्यसमितिको बदनाम नगर्न सवैमा अनुरोध गरेका छन । अध्यक्ष वाइवाले सोमबार साझ जारी गरेको विज्ञप्ति यस प्रकार छ ।
प्रेस विज्ञप्ति ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को छैठौ महाधिवेशन सम्बन्धि सामाजिक संजालमा देखिएको भ्रमप्रति फिप्नाको वर्तमान कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्न चाहन्छौ ।फिप्नाको महाधिवेशन हिजो डिसेम्बर १७, २०१७ मा न्युयोर्कमा सम्पन्न भएर नयाँ नेतृत्व चयन हुनु पर्नेमा निर्वाचन आयोगमा परेको सदस्यता सम्बन्धि उजुरीको कारण महाधिवेशनको बन्द सत्रभित्र महाधिवेशन प्रतिनिधिहरुबीचको केहि मतमतान्तरको कारण निर्वाचन आयोगले सदस्यता सम्बन्धि परेको उजरी उपर निर्णय गर्न तत्काल नसकेको हुनाले वर्तमान कार्य समिति तथा आदिवासी अगुवाहरुको सहमतीमा निर्वाचन आयोगले छैठौ महाधिवेशन तत्कालकोलागि स्थगित गरेको निर्णय बन्द सत्र भित्र घोषणा गरेको हो । सदस्यता सम्बन्धि विवादलाई समाधान गरेर यसै कार्य समितिको नेतृत्वमा छैठौ महाधिवेशन शीघ्र नै घोषणा गरिने प्रतिवद्दता सदस्य सँस्थाहरु, आदिवासी अगुवा नेताहरु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौ ।
फिप्नाका सभामुख तथा अन्य जिम्मेवार नेतृत्व तहबाट सँस्थाको गरिमामा आंच आउने किसिमको कुनै पनि गतिबिधिहरु कहीं कतैबाट आउनु हुन्न भन्ने मान्यता तपाई हामी सबैले बुझ्न जरुरी छ । फिप्नाको विधि विधानभित्र रहेर जिम्मेवार व्यक्तिहरुले महाधिवेशनमा प्रस्तुत भएका समस्यालाई जिम्मेवारीपुर्वक समाधान गर्न कार्य समितिलाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ । विधान र सांगठनिक पद्दति भित्र रहेर कानुनवीद तथा अगुवाहरुको सल्लाहमा समस्याको समाधान शीघ्र नै गरिने छ । संस्थाको बृहत्तर हितको निम्ति सम्बन्धित सबैलाई आत्मासंयम रहन समेत अनुरोध गरिन्छ ।
सहयोगको लागि धन्यवाद ।
लुईसाङ वाईवा तामाङ
अध्यक्ष