२२ माघ २०७९, आइतबार | Mon Feb 6 2023

ओली र प्रचण्डबीच बालकोटमा तीन घण्टा छलफल


५ माघ २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली बैंककबाट स्वास्थ्य उपचार गरी फर्केपछि दुई नेताबीच यो पहिलो भेट हो। राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे छलफल गर्न ओली निवास बालकोटमा भेटवार्ता भएको हो।

भेटमा दुई अध्यक्षहरुबीच करीब ३ घण्टा वार्ता भएको र तीन बुँदामा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार  ८ : २१ बजे