
नेपाली कंग्रेसको आमन्त्रित केन्दि्रय सदस्यमा मनोनित आनन्दा विष्टलाई जन सम्पर्क समिति न्युयोर्क च्याप्टरले एक कार्यक्रमको वीच आइतबार सम्मान गरियो । विष्ट भारत बाहेक विदेशको जन सम्पर्क समितिबाट आमन्त्रित सदस्य हुने पहिलो हो । समितिले विष्टको सम्मानसंगै अमेरिका भ्रमणमा आएका नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यलाई स्वागत गरिएको थियो । कार्यक्रममा नेपाली महाबाणिज्यदुताबासका महाबाणिज्यदुत मधु मरासिनि, एनआरएनको पराराष्ट्र ममला हेर्ने सल्लाहकार तथा बरिष्ठ कानुनविद खगेन्द्र क्षेत्री, प्रवासी नेपाली एकता मञ्चका पुर्व अध्यक्ष सन्जय थापा, जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्हाङ, उत्तर अमेरिकी तामाङ समाजका अध्यक्ष लाकेन लामा लगायतका बक्ताहरुले बधाई ज्ञापन सहित मन्तव्य दिएका थिए । कार्यक्रम च्याप्टरको सभापति रोशन ढुङगानाको सभापतित्वमा भएको थियो ।









