७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेस सरकारबाट मनोनित राष्ट्रिय सभाका तीन जना सदस्यको नाम फिर्ता: यी हुन् नयाँ


८ फाल्गुन २०७४, मंगलबार  

0
Shares

काठमाडौं । कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत, र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो।

तर, प्रधानमन्त्री फेरिएलगत्तै नयाँ सरकारले शेरबहादुर देउवा सरकारको निर्णय रद्द गरी पूर्व गभर्नर युवराज खतिवडासहित तीन जनालाई सिफारिस गरेको छ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले तीन जनाको नाम सिफारिस गरेको बताइन्।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गभर्नर खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र योजना आयोगका पूर्व सदस्य बिमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो। संवैधानिक प्रावधान अनुसार सिफारिस नामावली राष्ट्रपतिबाट अनुमोदन हुनुपर्छ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार  ११ : ०७ बजे