९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

ग्याल्सुम्दाले मनाए न्युयोर्कमा ल्होसार


Ang

१७ फाल्गुन २०७४, बिहिबार  

0
Shares


ग्याल्सुम्दा सेवा सस्थाले महान चाड ल्होसारको अवसर पारेर न्युयोर्कको क्वीन्समा २१४५ औ खिल्हो ल्होसार साझ कार्यक्रमको आयोजना गरियो । हरेक वर्ष ल्होसारको अवसरमा आयोजना गदै आएको ल्होसार साझ यस पटक गुल्सन टेरेसमा सम्पन्न भयो । नेपाली महाबाणिज्यदुताबासको बाणिज्यदुत कृसु क्षेत्रीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा जनजाती महासंघ अमेरिका फिफनाका अध्यक्ष मान बहादुर राणामगर, एनआरएन अमेरिकाका महासचिव विआर लामा, हिमालयन बुद्धिष्ट कम्युनिटिका अध्यक्ष तेन्जी उक्याप र सस्थाको अध्यक्ष छिरिङ राप्के लामाले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा फिफनामा हालै निर्वाचित पदाधिकारीहरुलाई पनि खादाले बधाई दिएका थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रमको दोश्रो चरणमा ग्याल्सुम्दा संस्कृति जोगाउने नृत्यहरु प्रस्तुत गरेका थिए भने साथमा कलाकारहरु तिलक बम मल्ल, ज्योति गुरुङ र अभय  ढुङगेलले गीत प्रस्तुत गरेका थिए । मनाङ जिल्लाको तल्लो भेग तालडाडादेखि माथि र तलेखु गाउदेखि तलतिरको ४ गाविसालाई ग्याल्सुम्दा नामले चिनिन्दै आएको छ । यो सस्थाले प्रवासमा आफनो मौलिक भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी ल्होसार र अन्य चाडहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गदै आएको अध्यक्ष छिरिङ राप्केले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार  ३ : १९ बजे