१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

नेपाल डे परेडको बारेमा कुनै सहमति छैन फिफना ।


Ang

६ बैशाख २०७५, बिहिबार  

0
Shares

न्युयोर्कमा हुने भनिएको नेपाल डे परेडको बारेमा आदीवासी जनजाती महासंघ अमेरिका ( फिफना) ले कसैसग कुनै पनि सहमति नभएको जनाएको छ । फिफनाले बुधाबार साझ जारी गरेको विज्ञाप्तीमा भनिएको छ महासंघको अर्को निर्णय नभइन्जेलसम्म महासंघ र महासंघ अन्र्तगतका सम्पुर्ण सस्थाहरुलाई नेपाल डे परेडको बारेमा निवर्तमान अध्यक्ष र उपाध्याक्षले फैलाएको भ्रममा नपर्न अनुरोध गरेको छ । विज्ञाप्तीमा फिफनाको तर्फबाट नेपाल परेड सस्थाका व्यक्तिहरुलाई केही व्यक्तिहरुको सहजतामा विभिन्न प्रस्ताव राखेको जनाएको छ ।

 

फिफनाले जारी गरेको विज्ञाप्ती जस्ताको त्यस्तै  

 

आदर्णिय मीडियाकर्मी ज्यू

नमास्कर

बिषय: नेपाल डे परेड २०१८ सम्बन्धि कुनै सहमती नभएको बारे

उपरोक्त सम्बन्धमा नेपाल डे परेड २०१८ सम्बन्धि फिप्नाको कसै संग कुनै पनि सहमति नभएको जानकारी गराउदछौ | महासंघको अर्को निर्णय नभईन्जाल महासंघ र महासंघ अन्तर्गतका सम्पूर्ण सस्थाहरु नेपाल डे परेड सम्बन्धि निवर्तमान अध्यक्ष र उपाध्यक्षले फैलाएको भ्रममा नपर्न अनुरोध गर्दछौ | गत शनिवार, अप्रिल १४, २०१८ को दिन न्युयोर्कका केहि व्याक्तिहरुको सहजतामा भएको छलफलमा फिप्नाको तर्फबाट निम्न अनुसारको प्रस्ताब राखिएको थोयो |

फिप्नाको प्रस्ताबहरु:

१) घोसित स्टेरिंग कमिटि बिगठन गर्नु पर्ने,

विभिन्न तहबाट छलफल र सहमतिको पहल हुँदा हुँदै बिगतको नेपाल डे परेडको संयोजक संस्था र परेडमा झाँकी प्रदर्शन गर्ने ८०% सस्था र समुदायलाई बेवास्ता गर्दै रातारात गठन गरिएको स्टेरिंग कमिटि बिगठन गर्नु पर्ने |

२) “नेपाल डे परेड ईन्क” खारेज गर्नु पर्ने,

फिप्नाको बहालवाला अध्यक्ष र उपाध्यक्षले आफैले संयोजन गरेको र आफ्नै कार्यकालमा सुरुवात गरेको तथा सिग्नेचर कार्यक्रम भन्दै आएको कार्यक्रमको प्रयोजनमा, कार्यसमिति संग कुनै छलफल नगरी दर्ता गरिएको संस्था “नेपाल डे परेड ईन्क” संग बिबाद (कन्फ्लिक्ट अफ ईन्ट्रेस्ट) हुने भएकोले सो को दर्ता खारेजी भई आवश्यक परेमा टावन हल बैठकको सहमतिमा “नेपाली फेडेरेशन” को रुपमा सस्था दर्ता गरि सो सस्थाले आगामी दिनमा नेपाल डे परेड आयोजना गर्ने |

३) अफिसियल डकुमेन्ट बुझाउनु पर्ने,

२०१६ र २०१७ मा सम्पन्न भएको नेपाल डे परेडमा फिप्नाको सम्पूर्ण अफिसियल डकुमेन्ट प्रयोग भएकोले त्यतिबेला प्रयोग गरिएको डकुमेन्टहरुको सम्पूर्ण कपि अफिसियल रेकर्डको लागि फिप्नालाई बुझाउनु पर्ने |

४) आर्थिक हिसाब किताब बुझाउनु पर्ने,

२०१६ र २०१७ मा गरिएको नेपाल डे परेडको लागि फिप्नाको अफिसियल डकुमेन्ट प्रयोग गरि फिप्नाको नाममा बैंक एकाउन्ट खोलिएको र आर्थिक सहयोगको सम्पूर्ण चेक फिप्नाको नाममा लेखिएको र सहयोग संकलन रसिदमा फिप्नाको ट्याक्स आईडी प्रयोग भएकोले आर्थिक हिसाबकिताबको बारेमा आई.आर.एस संग फिप्ना जवाफ्देही हुनु पर्ने भएकोले सम्पूर्ण हिसाब किताब, उपलब्ध बिल भरपाई, प्रयोग भएको सहयोग रसिदको अर्धकट्टी र बाँकी सहयोग रसिद फिप्नालाई बुझाउनु पर्ने |

५) संयुक्त टाउन हल मिटिंग,

बुँदा ४ सम्म उल्लेखित कार्यहरु सम्पन्न हुने सहमति भए पछी फिप्ना र पूर्व नेपाल डे परेडका संयोजकहरुबाट संयुक्त टाउन हल बैठक आयोजना गरि उक्त टाउन हल बैठकबाट आगामी नेपाल डे परेडको लागि संयोजक तथा स्टेरिंग कमिटि गठन गर्ने |

६) नेपालबाट भिसा प्रकियाको बारे,

नेपाल डे परेडको संदर्बमा बिगत देखि अहिले सम्म नेपालबाट परेडको लागि भनेर भिसाको प्रकियाको लागि के कस्तो कार्य गरिएको छ सो सम्बन्धिको क्लियर स्टेटमेन्ट उपलब्ध गराउने |

माथि उल्लेखित प्रस्ताबहरु फिप्नाको तर्फबाट राखिएको थियो र सो सम्बन्धमा फिप्नाको निवर्तमान अध्यक्ष लुईसाग वाईबा बहेको सबैको सहमति रहेको थियो | तर सहमतिलाई लिखित रुपमा उतार्नु पूर्वनै लुईसांग वाईबा पर्सनल काम देखाउदै छलफल बाट बाहिरिए पछी उक्त सहमतिलाई लिखित गरिएन |

तत् पश्चात छलफलको सहजकर्ताहरू उर्गेन शेर्पा, अच्यूत सिग्देल, संजय थापा, बिष्णु रानामगर र फिप्नाको सल्लाहकार प्रदिप परियार थापा र सभामुख बिनोद पोमोज्यूहरुलाई नेपाल डे परेडका पुर्व कन्भेनरहरुले तल उल्लेखित कागजात उपलब्ध गराए पछी सो को अध्ययन गरि संयुक्त टाउन हल बैठक बोलाउने निर्णय गरिएको थियो |

आवश्यक कागजात:

१) नेपाल डे परेड ईन्क दर्ता पत्र,

२) बुँदा एकको संस्था दर्ता गर्दा तयार गरिएको स्टेटमेन्ट या बिधान,

३) नेपाल डे परेड २०१८ को लागि लिइएको अनुमति पत्र,

माथि उल्लेखित कुनै पनि कार्य नगरी अझ बढी नेपाल डे परेड २०१८ सम्बन्धि भ्रम फैल्याउने कार्य बढी रहेकोले महासंघको पुर्व निर्णय अनुसार सम्पूर्ण कानुनि प्रकिया सुरुवात गरेर मात्र छलफल गरिने भएकोले नेपाल डे परेड २०१८ को सम्बन्धमा भ्रममा नपर्न फिप्नाको सम्पूर्ण सदस्य संस्थाहरुलाई यसै ईमेल मार्फत जानकारी गराउदछु | साथै फिप्ना प्रति गद्धार गर्ने पुर्व पदाधिकारी तथा उनीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने कथित जनजातिहरुलाई समेत एक हप्ता भित्र फिप्नाले छानबिन गरि कारबाही गरिने जानकारी गराउदछौ |

महासंघको सम्पूर्ण अभियानमा यहाँहरुको साथ्, सहयोग र सहभागिताको अपेक्षा सहित आदिवासी जनजाति अभिबादन |

 

मान बहादुर रानामगर, अध्यक्ष

प्रेम गुरुङ, महासचिब

 

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहिबार  ८ : ४९ बजे