काठमाडौं । इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रासंग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक गरिएको शुक्रबार विमोचन गरिएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौंले आयोजना गरेको कार्यक्रममा आख्यानकार मदनमणि दीक्षितले उक्त कृतिको विमोचन गरेका हुन् ।
विमोचनपछि दीक्षितले कृति राम्रो लागेको बताए । कार्यक्रममा समालोचक ज्ञानु अधिकारी र डा. लेखप्रसाद निरौलाले इन्दिरा दीक्षितले कृतिको समीक्षा गरेका थिए ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. लक्ष्मण गौतम, प्राडा हाङसन प्याकुरेल, इन्दिरा दीक्षित, छविरमण सिलवाल र यादव भट्टराई कृतिबारे धारणा राखेका थिए ।










