११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

इन्दिराको नियात्रा संग्रह ‘विचरित पाइलाहरु’ विमोचित


२८ बैशाख २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रासंग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक गरिएको शुक्रबार विमोचन गरिएको छ ।  समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौंले आयोजना गरेको  कार्यक्रममा आख्यानकार मदनमणि दीक्षितले उक्त कृतिको विमोचन गरेका हुन् ।

विमोचनपछि दीक्षितले कृति  राम्रो लागेको बताए । कार्यक्रममा समालोचक ज्ञानु अधिकारी र डा. लेखप्रसाद निरौलाले इन्दिरा दीक्षितले कृतिको समीक्षा गरेका थिए ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. लक्ष्मण गौतम, प्राडा हाङसन प्याकुरेल, इन्दिरा दीक्षित, छविरमण सिलवाल र यादव भट्टराई कृतिबारे धारणा राखेका थिए ।
 
लेखिका इन्दिरा दीक्षितले कतिपय सम्झनाहरु त्यसै बिर्सेर गएको उल्लेख गर्दै नियात्रा संग्रह मनपराइदिनेमा विश्वस्त रहेको बताइन् । यसअघि उनले सम्बन्धका घुम्तीहरु कथा संग्रह बजारमा ल्याएकी थिइन् । पछिल्लो कृतिमा बेलायत यात्राका विषय समेटिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार  ६ : ०० बजे